logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख

    अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख

    1.8K
    Shares
    अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख

    काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उनि प्रेस संयोजक रामशरण बजगाईले जानकारी दिए ।

    घरमै आराम गरिरहेका अध्यक्ष ओलीको उपचार निजी चिकित्सक डा. दिव्यासिंह शाहले गरिहेका छन् । “उहाँको स्वास्थ्य अवस्था हिजोभन्दा सुधारोन्मुख भइरहेको छ”, प्रेस संयोजक बजगाईंले भने, “भाइरल ज्वरो भएकाले सिटामोल खाइरहनुभएको छ ।”

    हिजो पार्टी अध्यक्ष ओलीलाई भाइरल ज्वरोका कारणले स्वास्थ्यमा समस्या आएको थियो । आज विहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा र सभामुख देवराज घिमिरेले ओली निवास बालकोटमा पुगी स्वास्थ्यलाभको कामना गरेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend