logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • जबजबाट समाजको अग्रगति सम्भव छैनः पूर्वप्रधानमन्त्री खनाल

    जबजबाट समाजको अग्रगति सम्भव छैनः पूर्वप्रधानमन्त्री खनाल

    1.7K
    Shares
    जबजबाट समाजको अग्रगति सम्भव छैनः पूर्वप्रधानमन्त्री खनाल

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले जनताको बहुदलिय जनवाद भनेको पुँजीवादी यथास्थितिवाद रहेको बताएका छन् । बुधवार काठमाडौंमा पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियुले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले अहिले पनि पुनःउत्थानवादीहरुको धारा देशमा रहेको भन्दै फेरि राजतन्त्र फर्काउँछु भनेर लाग्ने धारालाई विद्यार्थी आन्दोलन भित्रबाट बडार्न जरुरी रहेको बताए । उनले समाजवादी जनवादमा पुगेर मात्रै आम नागरिकको विकास सम्भव हुने बताए ।

    उनले नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले पुँजीवादी यथास्थितिवादको धारालाई समाइरहेको भन्दै उनीहरुसँग वैचारिक संघर्षहरु गर्नुपर्ने बताए । उनले दक्षिणपन्थी अवसरवादी धाराबाट समाजको अग्रगति सम्भव नरहेको जिकिर गरे ।

    उनले भने, ‘एउटा पुनःउत्थानवादीहरुको धारा छ, जो नेपाललाई फेरि राजतन्त्रको युगतर्फ, अन्धकार, सामन्तवाद युगतर्फ फर्काउन चाहन्छ, जसलाई विद्यार्थी आन्दोलन भित्रबाट बडार्न जरुरी छ । दोस्रो पुँजीवादी यथास्थितिवादी धारा छ, त्यसले जुन ढंगले २०६३÷०६३ मा क्रान्ति भयो, हाम्रो देशमा पुँजीवाद आएको छ, पुँजीवादी जनवाद हामीले स्थापना गरेका छौँ, अब यहाँबाट अझै अघि बढ्नुपर्नेछ । समाजवादी जनवादमा पुग्नुपर्नेछ । समाजवाद स्थापना गर्नुपर्नेछ । तर एकथरी विद्यार्थीहरु त्यो मान्दैनन् । उनीहरु पुँजीवादी यथास्थितिवादको धारालाई समाइरहेका छन् । अहिलेको जे समाज छ, यही कुरा ठिक छ, यही नै समाज विकास हो, यही स्वर्ग हो, यसमै बसेर लुटपाट गर्नुपर्छ भन्नेछन् । यसमा खण्डन गर्नुपर्छ । यसबाट समाजको अग्रगति सम्भव छैन । तेस्रो धारा दक्षिणपन्थी अवसरवादी धारा छ, भन्न चाहीँ आफूलाई क्रान्तिकारी धारा भन्छ, तर यथार्थमा दक्षिणपन्थी अवसरवादी धारा छ, त्यसले जबज भन्छ, त्यो जबज भनेको पनि पुँजीवादी जनवाद नै हो । त्यसले पु¥याउने ठाउँ पनि पुँजीवादी यथास्थितिवाद नै हो । त्यसैले दक्षिणपन्थी अवसरवादी धारासँग पनि वैचारिक संघर्षहरु गर्नुपपर्छ ।’

    सम्मानित नेता खनालले नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियु अर्को चुनावमा पहिलो विद्यार्थी पार्टी बन्ने दाबी गरे ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend