logo

२०८१ असोज ३ बिहिबार

logo
  • बिहिबार, ३ असोज २०८१
  • ‘शान्ति स्थापना कार्यमा प्रविधिका लागि सहकार्य’ सातौँ संस्करणको अन्तर्राष्ट्रिय कार्यक्रम जेठ अन्तिम साता

    ‘शान्ति स्थापना कार्यमा प्रविधिका लागि सहकार्य’ सातौँ संस्करणको अन्तर्राष्ट्रिय कार्यक्रम जेठ अन्तिम साता

    987
    Shares
    ‘शान्ति स्थापना कार्यमा प्रविधिका लागि सहकार्य’ सातौँ संस्करणको अन्तर्राष्ट्रिय कार्यक्रम जेठ अन्तिम साता

    काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको सहकार्यमा नेपालले आगामी जेठ ३० देखि असार १ गतेसम्म ‘शान्ति स्थापना कार्यमा प्रविधिका लागि सहकार्य’ विषयक सातौँ संस्करणको अन्तर्राष्ट्रिय कार्यक्रम गर्न लागेको छ ।

    राष्ट्रसङ्घको सहयोगमा शान्ति स्थापना कार्यमा डिजिटल प्रविधिको प्रयोगको सम्भाव्यता विकास र नवीनतम प्रविधिको प्रयोग गर्ने उद्देश्यले प्रत्येक वर्ष विभिन्न मुलुककमा यस्तो अन्तर्राष्ट्रिय गोष्ठी हुँदै आएको छ । विश्वमा भइरहेको सूचना प्रविधिको तीव्रतम विकास र बदलिँदो सुरक्षा परिस्थितिअनुरुप शान्ति कार्य मिसनमा प्रयोग भइरहेका प्रविधि, चुनौती र असल अभ्यासबारे सदस्य राष्ट्रबीच अनुभव आदानप्रदान गर्न यस्ता कार्यक्रम निकै प्रभावकारी देखिएका रक्षा मन्त्रालयका प्रवक्ता प्रकाश पौडेलले जानकारी दिए ।

    पहिलो पटक शान्ति स्थापना कार्यमा प्रविधिका लागि सहकार्य संयुक्त राष्ट्रसङ्घद्वारा सन् २०१४ मा इटालीबाट सुुरु गरिएको थियो । नेपालले विश्वशान्ति स्थापनाका लागि गरेको प्रतिबद्धता र योगदानका आधारमा संयुक्त राष्ट्रसङ्घ मातहतको सूचना एवं सञ्चार र प्रविधि कार्यालयको सहकार्यमा उक्त कार्यक्रम गर्न लागेको हो ।

    गोष्ठीमा संयुक्त राष्ट्रसङ्घको मुख्यालयका साथै शान्ति सेना खटाउने मुलुक र सहयोग संस्थाका प्रतिनिधि तथा विषय विज्ञसमेत गरी करिब तीन सय प्रतिनिधिको सहभागिता रहनेछ । गोष्ठीमा मुख्य नारामा आधारित अतिथि वक्ताको खुला सत्र, प्रस्तुतीकरण र विषयगत कार्य समूहमा छलफल हुनेछ ।

    राष्ट्रसङ्घको आह्वानमा हालसम्म एक लाख ४४ हजार पाँच सय ६५ नेपाली शान्ति सैनिकले विश्वका ४४ शान्ति मिसनमा खटिएर योगदान पु¥याइसकेका छन् । यस क्रममा ७२ जनाले वीरगति प्राप्त गर्नुका साथै ६६ जना गम्भीर घाइते भएका छन् । हाल विश्वका १२ शान्ति मिसनमा पाँच सय छ महिलासहित छ हजार ५७ सैनिक परिचालित छन् ।

    राष्ट्रसङ्घलगायत साझेदार पक्षका अनुभवका आधारमा शान्ति मिसनको कार्यादेशलाई वर्तमान र भविष्यमा प्रभाकारी तुल्याउन डिजिटल प्रविधिको प्रयोगको सम्भाव्यता तथा संयन्त्र विकास गर्ने सन्दर्भमा उक्त कार्यक्रम महत्वपूर्ण सावित हुनेछ । यसअघि अस्ट्रिया, दक्षिण कोरिया, जर्मनी, काजकिस्तान र दक्षिण अफ्रिकामा यस्तो कार्यक्रम भएको थियो ।

    विश्वमा धेरै शान्ति सेना खटाउने मुलुकको सूचीमा हाल नेपाल दोस्रो बरियतामा छ । विश्व शान्ति कार्यमा नेपालको योगदान ठूलो भएको तर यस्ताखाले कार्यक्रम यसअघि नेपालमा नभएकाले पनि यो गोष्ठी महत्व पूर्ण रहने अपेक्षा गरिएको छ । उक्त कार्यक्रममा संयुक्त राष्ट्रसङ्घ मुख्यालयका साथै करिब ५० भन्दाबढी राष्ट्रको प्रतिनिधित्व हुने नेपाली सेनाका सहायकरथी एवं प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए। गोष्ठीमा संयुक्त राष्ट्रसङ्घका उपमहासचिवस्तरका प्रतिनिधिको सहभागिता रहनेछ ।

    नेपाली सैनिकको शान्ति मिसनमा रही भएको योगदानका विषयमा अन्तर्राष्ट्रिय मञ्चमा समेत सराहना र प्रशंसा हुँदै आएको छ । कार्यक्रमले शान्ति स्थापना कार्यमा भोगिरहेका जटिल चुनौतीबारे शान्ति मिसन, ग्लोबल सेवा केन्द्र र राष्ट्रसङ्घ मुख्यालयका प्रतिनिधिसँग संवाद र सहकार्यकोसमेत अवसर प्रदान गर्नेछ । नेपालको शान्ति कार्यमा हालसम्मको भूमिका र योगदानलाई कदर गर्दै राष्ट्रसङ्घले अन्तर्राष्ट्रिय कार्यक्रमका लागि सहकार्य गरेको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend