logo

२०८१ बैशाख २७ बिहिबार

logo
  • बिहिबार, २७ बैशाख २०८१
  • एकले अर्को मानिससँग डराउनुपर्ने अवस्था आयोः सुनिता डंगोल

    एकले अर्को मानिससँग डराउनुपर्ने अवस्था आयोः सुनिता डंगोल

    1.5K
    Shares
    एकले अर्को मानिससँग डराउनुपर्ने अवस्था आयोः सुनिता डंगोल

    काठमाडौँ । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले मानिसहरुले आफू सुरक्षित नभएको आभाष गर्न थालेको बताएकी छिन् । बिहीवार गृहमन्त्रालयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि भएको आक्रमण प्रयास र काठमाडौंको कपनमा वैशाख ७ गते भएको निरा आचार्यको हत्याको विषयलाई लिएर गृहमन्त्रीको ध्यानाकर्षण गराउन पुगेकी उनले नागरिकले असुरक्षित महशुस गरिरहेको बताइन् ।

    उनले अहिले मानिसहरु एकले अर्कोसँग डराउनुपर्ने अवस्था सिर्जना भएको बताइन् । उनले ८ दिन बितिसक्दासमेत हत्यारा पत्ता नलाग्नुले जनतामा झनै त्रास बढेको बताइन् । अपराधिक घटनाक्रमलाई रोक्न नेपाल प्रहरीसँग मिलेर काठमाडौं महानगरपालिकाले काठमाडौं महानगरपालिकामा सिसि क्यामेर जडान गर्ने प्रक्रिया अघि बढाएको पनि बताइन् ।

    उनले भने, ‘अनुसन्धान भइरहेको छ । अनुसन्धानबाट छिटै नै निचोड आउने प्रतिवद्धता पाएका छौँ । कसरी र के भएको हो भन्ने कौतुहलता छ, साथै एक अर्कासँग डराउनुपर्ने त्रासपूर्ण वातावरण बनेको छ । महानगरपालिकाले पनि शान्ति सुरक्षामा प्रहरीसँग नजिकबाट समन्वय गरिरहेका छौँ । महानगरले पनि महानगरभित्र प्रहरीसँग हरेक ठाउँमा सिसि क्यामेरा राख्ने जडान गर्ने भनेका छौँ । हामीले ८ दिन बितिसक्दा पनि बाहिर नआउनु हामी सबैका लागि हामी यहाँ सुरक्षित छौँ की छैनौँ भन्ने प्रश्न आएको छ ।’

    उपप्रमुख डंगोलले महानगरपालिका शान्ति सुरक्षाका लागि नेपाल प्रहरीसँग समन्वय गरेर अघि बढीरहेको पनि बताइन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend