logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • स्वदेशी उत्पादनलाई जोड दिनेगरी नीति बनाउनुपर्छ: मुख्यमन्त्री चौधरी

    स्वदेशी उत्पादनलाई जोड दिनेगरी नीति बनाउनुपर्छ: मुख्यमन्त्री चौधरी

    2.5K
    Shares
    स्वदेशी उत्पादनलाई जोड दिनेगरी नीति बनाउनुपर्छ: मुख्यमन्त्री चौधरी

    लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले स्वदेशी उत्पादनलाई बढवा दिने नीति तथा कार्यक्रममा ल्याउनुपर्नेमा जोड दिएका छन् ।

    सिंहदरबारस्थित योजना आयोगको कार्यालयमा उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठसँगको भेटमा मुख्यमन्त्री चौधरीले स्वदेशी उत्पादन प्रवद्र्धन हुने र रोजगारी सिर्जना हुने कार्यक्रम बनाउन भूमिका खेल्न आयोगसमक्ष अनुरोध गरे ।

    मुख्यमन्त्री चौधरीले अहिले विदेशी मदिराले नेपालको बजारमा प्रशस्त रहेको तर नेपालमै उत्पादन हुने मदिराको भने कुनै मूल्य नरहेको बताए । उनले स्वदेशी उत्पादन धेरै राम्रा भए पनि हामीले मार्केटिङ गर्न नसकेको भन्दै अब हरेक स्वदेशी उत्पादनलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

    भेटमा उपाध्यक्ष डा श्रेष्ठले आन्तरिक उत्पादन बढाउनु नै आजको आवश्यकता रहेको बताए । अर्थतन्त्रलाई बलियो बनाउन पनि स्वदेशी उत्पादनलाई जोड दिनुपर्ने बताउँदै उनले स्वदेशी उत्पादन र रोजगारी सिर्जना हुने परियोजनालाई प्राथमिकतामा राखेर अर्थतन्त्रलाई बलियो बनाउनुपर्ने धारणा राखेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend