logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • सहिद स्मारक ए डिभिजन लिग: खुमलटारसँग जावलाखेल पराजित

    सहिद स्मारक ए डिभिजन लिग: खुमलटारसँग जावलाखेल पराजित

    1.4K
    Shares
    सहिद स्मारक ए डिभिजन लिग: खुमलटारसँग जावलाखेल पराजित

    काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिगमा जावलाखेल युथ क्लबलाई २–४ गोल अन्तरले खुमलटारले पराजित गरेको छ।

    सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको २०औं मिनेटमा समिरले गोल गर्दै खुमलटारलाई अग्रता दिलाएका थिए। पहिलो हाफको खेल सकिन तीन मिनेट बाँकी रहँदा खुमलटारकै रोहित सुब्बाले गरेको आत्मघाति गोलसँगै जावलाखेल बराबरीमा फर्किएको थियो।

    तर, पहिलो हाफको इन्जुरी समयमा समिरले नै पुनः गोल गर्दै १–२ को अग्रता दिलाएका थिए। समिरले ५१औं मिनेटमा ह्याट्रिक गरेसँगै खुमलटारले अग्रता १–३ मा लम्ब्याएको थियो।

    इन्जुरी समयको तेस्रो मिनेटमा विनोद केसीले गरेको गोलसँगै स्कोरलाइन २–३ मा छोट्याएको जावलाखेल सम्हालिन नसक्दा पुनः गोल खायो।

    मेसुके ओलोमोउले इन्जुरी मिनेटको पाँचौं मिनेटमा गोल गर्दै खुमलटारका लागि २–४ को जित सुनिश्चित गरे। त्यो गोलसँगै मेसुके जारी लिगका सर्वाधिक गोलकर्ता बनेका छन्। उनले १५ खेलमा १२ गोल गरिसकेका छन्।

    आजै दशरथ रंगशालामा नेपाल पुलिस क्लब र हिमालयन शेर्पा क्लब प्रतिस्पर्धा गरिरहेका छन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend