logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • नक्कली शरणार्थी प्रकरणका दाषीलाई कारबाही गर्न खुट्टा कमाउनुहुँदैनः अध्यक्ष नेपाल

    नक्कली शरणार्थी प्रकरणका दाषीलाई कारबाही गर्न खुट्टा कमाउनुहुँदैनः अध्यक्ष नेपाल

    1.7K
    Shares
    नक्कली शरणार्थी प्रकरणका दाषीलाई कारबाही गर्न खुट्टा कमाउनुहुँदैनः अध्यक्ष नेपाल

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकार नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा सङ्लग्न दोषीलाई कारबाही गर्न खुट्टा कमाउनु नहुने बताएका छन् ।

    विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसंँग संक्षिप्त कुराकानी गर्दै उनले यसमा सहभागी साना ठूला सबैलाई कारबाही गर्नुपर्नेमा जोड दिए ।

    पूर्वप्रधानमन्त्री नेपालले भने, ‘सरकारले घटनामा सङ्लग्न दोषीलाई बचाउन आउने उच्च दबाब सामू कुनै पनि हालतमा झुक्नु हुदैन ।’

    उनले बदमासी गर्ने जोसुकै भए पनि तिनीहरुलाई कानुनको दायरामा ल्याएर सजायको भागिदार बनाउनुपर्नेमा जोड दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend