
सुनौलो नेपाल – पूर्वगृह राज्यमन्त्री देवेन्द्रराज कँडेल प्रति लक्षित गर्दै सांसद राम नारायण विडारीले भारतीय मुन्ना बाबुलाई नेपालको सांसद र मन्त्री बनाएको भन्दै आक्रोश पोखेका छन्।
सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले भने “भारतको मुन्ना बाबु रैछ एउटा गज्जबको मुन्ना बाबु नेपालमा तहल्का मच्चाउदो रहेछ कहिले राजा सहितको मन्त्री बन्दो रहेछ त कहिले झोलामा टाउको पचास लाख ठ्वाक भन्दिदो रहेछ त् कहिले प्रजातन्त्र नाम गरेको पार्टीको ठुलो नेता भएर बस्दिदो रहेछ नेपालमा” ।
केहि पुर्व प्रधानमन्त्रीलाई घुमाउँछ कहिले त पुराना कांग्रेसलाई घुमाईदिञ्छ उसको नेपाली नाम पनि रहेछ कडेल थर रहेछ। बेला बेलामा मन्त्री बनेको देखिन्छ तर त्यो रहेछ भारतीय नागरीक पो रहेछ सभामुख महोदय आक्रोशित हुदै उनले भने ।
त्यस्तै भारतीय एक पत्रिकाको हवाला दिदै विडारीले भने यो त् अपराधी हो अपरहणकारी हो दुवै देशको कपुत रहेछ कानुन बमोजिम अपराधी तर प्रतिपक्षको केन्द्रिय नेता पनि भएछ भन्दै ब्यङ्ग गरेका छन्।
हेर्नुहोस संसदमा विडारीले गरेको सम्बोधन
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend