logo

२०८१ बैशाख २७ बिहिबार

logo
  • बिहिबार, २७ बैशाख २०८१
  • पाकिस्तान : दुई दिन हिरासतमा बसेपछि इमरान खान लाहोर फर्किए

    पाकिस्तान : दुई दिन हिरासतमा बसेपछि इमरान खान लाहोर फर्किए

    1.8K
    Shares
    पाकिस्तान : दुई दिन हिरासतमा बसेपछि इमरान खान लाहोर फर्किए

    लाहोर । पाकिस्तान तेहरिक–ए–इन्साफ पार्टीका प्रमुख इमरान खान दुई दिन हिरासतमा रहेपछि शनिबार बिहान लाहोरस्थित आफ्नो घर पुगेका छन् । इस्लामाबाद उच्च अदालतले शुक्रबार अल-कादिर ट्रस्ट मुद्दामा पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई दुई हप्ताको लागि अन्तरिम जमानत दिएको थियो ।

    लाहोरमा उनका समर्थकहरुले उनलाई न्यानो स्वागत गरेका थिए । इमरान सडकबाट लाहोरस्थित आफ्नो घर पुगेका थिए ।

    जमानत पाएपछि पनि इमरान खान केही घण्टा इस्लामावाद हाईकोर्ट परिसरमै बसेका थिए । इस्लामाबाद पुलिसका प्रमुखले उनलाई लाहोर जानबाट रोक्न सक्दो प्रयास गरेको र उनलाई तीन घण्टा पर्खाइएको पूर्व प्रधानमन्त्रीको दावी छ ।

    एक भिडियो सन्देशमा इमरान खानले अदालतमा तीन घण्टासम्म बन्धक बनाएको र विभिन्न बहाना बनाएर बाहिर निस्कन नदिइएको बताएका छन् । यसैबीच, इस्लामाबाद पुलिसले ट्वीट गर्दै इमरान खानले सुरक्षामा सहयोग नगरेको र आफ्नो कार्यको लागि आफू स्वयं जिम्मेवार हुने दाबी गरेको छ।

    इस्लामावाद प्रहरी प्रवक्ताका अनुसार इस्लामावाद प्रहरीले उच्च अदालत र सर्वोच्च अदालतको आदेशमा इमरान खानलाई पूर्ण सुरक्षा प्रदान गरेको थियो। इमरान खान भ्रष्टाचारको आरोपमा पक्राउ परेपछि पाकिस्तानभर हिंसाका घटनाहरू भइरहेका छन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend