logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • काभा महिला भलिबल च्यालेन्ज कपः उज्वेकिस्तानको विजयी सुरुवात

    काभा महिला भलिबल च्यालेन्ज कपः उज्वेकिस्तानको विजयी सुरुवात

    1.6K
    Shares
    काभा महिला भलिबल च्यालेन्ज कपः उज्वेकिस्तानको विजयी सुरुवात

    काठमाडौं । काठमाडौंमा सुरु भएको काभा महिला भलिबल च्यालेन्ज कपमा श्रीलंकालाई पराजित गर्दै उज्वेकिस्तानले विजयी सुरुवात गरेको छ ।

    त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा उज्वेकिस्तानले श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गर्न सफल भएको हो ।

    २७–२५ सम्म पुगेको पहिलो सेटमा श्रीलंकाले कडा टक्कर दिए पनि बाँकी दुई सेट उज्वेकिस्तानले सहज जित निकाल्यो ।

    दोश्रो सेट २५–२० ले आफ्नो पक्षमा परेको उज्वेकिस्तानले तेश्रो सेट २५–१४ ले नै जित निकाल्दै उपाधीको उद्घाटन खेलबाटै विजयी यात्रा थालनी गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend