आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा वर्षा र मेघगर्जनसहित चट्याङ पर्ने सम्भावना

कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा वर्षा र मेघगर्जनसहित चट्याङ पर्ने सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशको पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली हुने र बाँकी भूभागको मौसम भने सामान्यतया सफा रहने जनाएको छ ।

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र मधेश प्रदेशका केही स्थानमा मेघगर्जन सहित हल्का वर्षा हुने सम्भावना रहेको छ । कोशी र मधेश प्रदेशको तराईका केही स्थानहरुमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

त्यस्तै, मंगलवार राति मुलुकको पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहने सम्भावना रहेको छ । बाँकी भूभागको मौसम भने सामान्यतया सफा रहने छ ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जनसहित चट्याङ पर्ने सम्भावना छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend