logo

२०८१ बैशाख २८ शुक्रबार

logo
  • शुक्रबार, २८ बैशाख २०८१
  • अवैध लागुऔषधसहित दुई जना पक्राउ

    अवैध लागुऔषधसहित दुई जना पक्राउ

    1.8K
    Shares
    अवैध लागुऔषधसहित दुई जना पक्राउ

    काठमाडौं । काठमाडौं महानगरपालिका–१४ बल्खुबाट अवैध लागुऔषध गाँजाजस्तो देखिने वस्तु करिब ५ सय ग्रामसहित काठमाडौं कीर्तिपुर बस्ने ३२ वर्षीय बिनायक श्रेष्ठलाई पक्राउ गरिएको छ ।

    प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले बा.प्र ०२/०४० प.८०७१ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार श्रेष्ठलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

    यसैगरी काठमाडौं,चन्द्रागिरी नगरपालिका–२ स्थित देउराली भञ्जाङबाट अवैध लागुऔषध गाँजा करिब ४ केजी ५ सय ग्रामसहित धादिङ गल्छी गाउँपालिका–१ बस्ने २६ वर्षीय विपिन मगर पक्राउ परेका छन्।

    धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको ना.५१ प ३३६८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले जानकारी दिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend