logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • श्रम विभाग कमजोर बन्यो, अहिले कता छ थाहा छैनः मन्त्री भण्डारी

    श्रम विभाग कमजोर बन्यो, अहिले कता छ थाहा छैनः मन्त्री भण्डारी

    1.3K
    Shares
    श्रम विभाग कमजोर बन्यो, अहिले कता छ थाहा छैनः मन्त्री भण्डारी

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रम विभाग कमजोर बनेको बताएका छन् ।

    शुक्रवार काठमाडौंमा आयोजित श्रम, रोजगार पत्रकारिता पुरस्कार, २०७९ हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

    उनले वैदेशिक श्रमसम्बन्धी सबै कामहरु पहिला श्रम विभागले गर्ने भएपनि अहिले विभाग कमजोर हुँदा मन्त्रालयमा भार परेको बताए । उनले आफैँले बोल्ने वाक्यहरुले आफैँलाई पिरोल्ने गरेको बताए । उनले श्रमको क्षेत्रलाई मर्यादित र सम्मानित बनाउन आवश्यक रहेको बताए ।

    मन्त्री भण्डारीले मुलुकभित्र श्रमका अवसर सिर्जना गर्नेदेखि अन्तर्राष्ट्रिय श्रम बजारसम्म पुग्ने कुरामा नेपालले जोड दिइरहेको बताए । उनले श्रमको क्षेत्रलाई सुव्यवस्थित रुपमा सुरक्षित र भरपर्दो बनाउनसके सबै श्रमीकहरुको लागि राम्रो अवसर हुने बताए । उनले श्रमको ग्लोवलाइजेशनको फाइदा लिनसके देशलाई नयाँ सिराबाट अघि बढाउन सहयोग पुग्ने बताए ।

    उनले भने, ‘हामीले श्रमको क्षेत्रलाई यसलाई डिग्रिफायर गर्नुपर्छ । मर्यादित, सम्मानित कसरी बनाउने ? यसलाई सुरक्षित कसरी गर्ने ? सरकारले लिएको लक्ष्य र मन्त्रालयको उद्देश्य पनि त्यही नै हो । मुलुकभित्र श्रमका अवसर सिर्जना गर्नेदेखि अन्तर्राष्ट्रिय श्रम बजारसम्म पुग्ने कुरादेखि यदी यसलाई सुव्यवस्थित हिसावले सुरक्षित र भरपर्दो हिसावले इमान्दारीपूर्वक अघि बढाउने हो भने सबैको राम्रो छ । म एउटा कुरा बारम्बार भन्ने गर्छु, अलि चर्को बोल्दिन्छु, त्यसकारण आफ्नो बोलीले आफैँलाई नै बेलाबेलामा अफ्ठ्यारो पार्ने गर्छ । अस्ति मैले कता बोलेँ, मैले के बोलेँ भने यो श्रम तथा रोजगार मन्त्रालय हो, यसले श्रमीकले पाउने सुविधा र समस्या हेर्नुपर्ने हुन्छ तर अहिले मन्त्रालयले धेरै भन्दा धेरै वैदेशिक रोजगारकै मात्रै कुरा गरिरहेका छाँै । मुलुकभित्रको श्रम र श्रमीकको अवस्था के छ ? भन्नेकुरा श्रम विभाग छ, पहिला श्रम विभाग नै थियो, श्रम विभाग अहिले कता छ भनेर मैले त भन्नु हुने की नहुने थाहा छैन, तर कमजोर अवस्थामा छ । त्यसैले मैले यसको नाम नै वैदेशिक मन्त्रालय राखिदिऔँ की क्या हो भनेको, ठूलो अक्षरमा ल मन्त्रीले त वैदेशिक रोजगार मन्त्रालय बनाउन खोज्यो भनियो । बोल्दा धेरै अफ्ठ्यारो हुने गर्दो रहेछ । हामीले अहिले चर्को हिपोक्रेटी कुरा गरेर केही पनि फाइदा छैन । अहिलेको ग्लोवलाइजेशनको फाइदा हामीले लिनुपर्छ । हामीले यसलाई अवसरका रुपमा लिने हो भने देशलाई नयाँ सिराबाट अघि बढाउन सकिन्छ ।’

    मन्त्री भण्डारीले वैदेशिक रोजगार ऐनलाई परिमार्जन गर्न आवश्यक रहेको उल्लेख गरे । उनले मन्त्रालयले अहिले सोही विषयमा छलफल गरिरहेको र १० दिनभित्रमा ऐन परिमार्जनको ड्राफ्ट बनाउने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend