सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

मोदीबाट हुने संसद् भवनको उद्घाटनलाई १९ वटा विपक्षी दलले बहिष्कार गर्ने

मोदीबाट हुने संसद् भवनको उद्घाटनलाई १९ वटा विपक्षी दलले बहिष्कार गर्ने

एजेन्सी । भारतमा नयाँ संसद् भवनको उद्घाटन कसले गर्ने भन्नेमा सत्तारूढ र विपक्षी दलबीच विवाद चर्केको छ ।

भोलि प्रधानमन्त्री नरेन्द्र मोदीले संसद् भवन उद्घाटन गर्ने तयारी गरेकामा १९ वटा विपक्षी दलहरूले विरोध गरेका हुन् ।

विपक्षीहरुले संसद् भवनको उद्घाटन राष्ट्रपतिबाट गराउनुपर्ने बताएका बीबीसी हिन्दीले जनाएको छ ।

भवन उद्घाटन समारोहमा राष्ट्रपतिलाई बोलाइएको छैन । संसद् भवनको शिलान्यास प्रधानमन्त्री मोदीले नै सन् २०२० को डिसेम्बर १० मा गरेका थिए ।

विपक्षी दलले पुरानो संसद् भवन हुँदाहुँदै आवश्यकताभन्दा पनि प्रधानमन्त्री मोदीको नाममा इतिहास बनाउन मात्रै भवन बनाइएको आरोप समेत लगाएका छन् ।

६४ हजार ५ सय वर्गमिटर क्षेत्रफल ओगटेको नयाँ भवनमा लोकसभामा ८ सय ८८ र राज्यसभामा ३ सय ८४ सिटको व्यवस्थापन गरिएको छ।

भवन नौ अर्ब भारतीय रुपैयाँ लागतमा बनाइएको हो ।

यसैबीच भारतले नयाँ संसद् भवन उद्घाटनको अवसरमा ७५ रुपैयाँको सिक्का सार्वजनिक गर्ने भएको छ ।

भारतको अर्थ मन्त्रालयले नयाँ संसद् भवनको उद्घाटनको सम्झनामा ७५ रुपैयाँको सिक्का जारी गरिने घोषणा गरेको हो।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend