logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • विभिन्न स्थानमा अवैध लागूऔषधसहित ३ जना पक्राउ

    विभिन्न स्थानमा अवैध लागूऔषधसहित ३ जना पक्राउ

    1.5K
    Shares
    विभिन्न स्थानमा अवैध लागूऔषधसहित ३ जना पक्राउ

    चितवन । प्रहरीले चितवनको भरतपुर महानगरपालिका–१६ सूर्योदय टोलबाट लागुऔषधसहित बाराका २१ वर्षीय रबिन कुमार यादवलाई पक्राउ गरेको छ ।

    शनिबार साँझ लागूऔषध डाइजेपाम १ सय ५२ एम्पुल, नुर्फिन १ सय ५२ एम्पुल र फेनारगन १ सय ५१ एम्पुलसहित यादवलाई नियन्त्रणमा लिइएको हो ।

    भरतपुर महानगरपालिका–१६ मा रुपेश लामाको घरमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा घर तलासी गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारेको हो। हाल फरार रुपेश लामाको प्रहरीले खोजी गरिरहेको छ ।

    यस्तै,कञ्चनपुरको बेलौरी नगरपालिका–१० कानीखल्लाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ९२ मिलिग्रामसहित बेलडाँडी गाउँपालिका–१ बस्ने २१ वर्षीय अर्जुन चौधरीसमेत २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

    प्रहरी चौकी भुडाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई उक्त पदार्थसहित सहित पक्राउ गरेको हो ।

    सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend