logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • सदन सुचारु गर्न सभामुख घिमिरेले बोलाए प्रमुख सचेतकहरुको बैठक

    सदन सुचारु गर्न सभामुख घिमिरेले बोलाए प्रमुख सचेतकहरुको बैठक

    1.7K
    Shares
    सदन सुचारु गर्न सभामुख घिमिरेले बोलाए प्रमुख सचेतकहरुको बैठक

    काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसद्मा देखिएको अवरोध हटाउनका लागि छलफललाई अगाडि बढाएका छन् ।

    सभामुख घिमिरले सदनको अवरोध खुलाउन सबै दलका प्रमुख सचेतकहरूलाई छलफलमा बोलाएर सहमति जुटाउने प्रयास गरेका हुन् ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदनमा सुरुमै प्रष्टीकरण राख्ने बताएपछि सभामुखले सबै दलका सचेतकलाई बोलाएका हुन्।

    आइतबार सुरु भएको संसद बैठकमा विपक्षी दलहरूले अवरोध गरेका थिए। सरकारले नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्रीले भारत भ्रमणपछि सीमा विवादबारे दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एमाले, रास्वपा र राप्रपाले अवरोध गरेका हुन्।

    अघिल्लो संसदले पास गरेको नागरिकता विधेयक अहिले आएर पारित गर्नु गलत भएको उनीहरूको तर्क छ।

    नयाँ जनादेश आएपछि संसदमा पेश गर्दै छलफल गरेर पारित गर्नुपर्नेमा सरकारले पुरानै विधेयक प्रमाणिकरणलाई राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरेपछि उनीहरुले विरोध गरेका हुन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend