आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

पिकअप दुर्घटनामा एक जनाको मृत्यु

पिकअप दुर्घटनामा एक जनाको मृत्यु

सर्लाही । जिल्लाको बरहथवामा आज मध्यान्ह पिकअप दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।

दुर्घटनामा दुईजना घाइते भएका छन्। बरहथवाबाट चक्रघट्टातर्फ गइरहेको प्रदेश–२–०३–००१ ख ३५२३ नम्वरको पिकअप नयाँरोड–मधुवनी सडकखण्डअन्तर्गत बरहथवा नगरपालिका–१२, लौकठमा दुर्घटनामा परेको हो।

दुर्घटनामा बाराको महागढीमाई नगरपालिका–८ बस्ने २० वर्षीय सचिव पासवानको मृत्यु भएको इलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए।

दुर्घटनामा सोही ठाउँका १४ वर्षीय विश्वक पासवान र १३ वर्षीय विवेक पासवान घाइते भएका छन्।

उनीहरुको बरहथवामा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न पिकअप चालक प्रहरी नियन्त्रणमा छन्।

जेनेरेटर, ग्यास चुल्हो लगायतका सामग्री बोकेर हिँडेको पिकअप दुर्घटनाका सम्वन्धमा थप अनुसन्धान भइरहेको डिएसपी मिश्रले बताए।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend