मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

प्रधानमन्त्री प्रचण्ड र बाबुरामविरुद्धको मुद्दामा सर्वोच्चको कारण देखाऊ आदेश

प्रधानमन्त्री प्रचण्ड र बाबुरामविरुद्धको मुद्दामा सर्वोच्चको कारण देखाऊ आदेश

काठमाडौं । सर्वोच्च अदालतले सशस्त्र विद्रोहमा बालबालिकाका बारेमा नेकपा माओवादी केन्द्र अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईविरुद्ध परेको रिटमाथि आज प्रारम्भिक सुनुवाई गर्दै कारण देखाऊ आदेश जारी गरेको छ ।

न्यायाधीश सपना मल्ल प्रधानको इजलासले सो मुद्दामा अग्रधिकार दिने आदेश दिएको छ ।

एक दशक लामाे सशस्त्र संघर्षमा बालबालिका प्रयोग गरेको अभियोगमा प्रधानमन्त्री दाहाल र पूर्वप्रधानमन्त्री भट्टराईविरुद्ध मुद्दा दायर गरिएको छ ।

तत्कालीन द्वन्द्वमा माओवादीका तर्फबाट सामेल लेलिन विष्ट लगायतले आफूहरू बालबालिका रहँदै अन्तर्राष्ट्रिय मानवअधिकार कानुनविपरीत सैन्य गतिविधिमा लगाइएको भन्दै रिट सर्वोच्चमा दर्ता गराएका हुन् ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend