मंगलबार, फाल्गुन २७ २०८१

मंगलबार, फाल्गुन २७ २०८१

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठकमा १५ मिनेटका लागि स्थगित गरिएको छ ।

सहरी विकास मन्त्रालयले लुम्बिनी प्रदेशको नाम छुटाई ल्याएको विनियोजन शिर्षकमाथि छलफल हुन नसक्ने अडान एमालेका सांसद सुर्य थापाले राखेका थिए भने यता सत्तारुढ नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले सभामुखले रुलिङ गरेपछि अगाडि बढाउनु आग्रह गरेका थिए ।

यस विषयमा सभामुख देवराज घिमिरेले स्पष्ट पार्न सहरी विकासमन्त्री सिता गुरुङलाई समय दिएका थिए । उनले सो प्रदेशको नाम छुटेको भए सच्याउने प्रतिवद्धता व्यक्त गरेका थिए । त्यसमा पनि एमालेका सांसद थापाले सहमती जनाए ।

संविधान विपरित ढंगले प्रदेशको नाम छुटाएर आएको सो विनियोजन शिर्षकमाथि छलफल हुन नसक्ने उनले अडान लिएपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थागित गरिएको छ ।

सम्बन्धित विषय:
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend