logo

२०८१ बैशाख १९ बुधबार

logo
  • बुधबार, १९ बैशाख २०८१
  • रोमानियामा गायक प्रकाश सपुतमाथि स्टेजमै बोतल प्रहार

    रोमानियामा गायक प्रकाश सपुतमाथि स्टेजमै बोतल प्रहार

    24.2K
    Shares
    रोमानियामा गायक प्रकाश सपुतमाथि स्टेजमै बोतल प्रहार

    काठमाडौं । चर्चित लोकगायक प्रकाश सपूतमाथि बोतल प्रहार भएको छ ।

    विदेशमा एक सांगीतिक कार्यक्रममा गायक सपुतमाथि बोतल प्रहार भएको बताइएको छ । आइतबार (हिजो) रोमानियामा सांगीतिक कार्यक्रमका क्रममा उक्त घटना भएको हो ।

    स्टेजमा आफ्नो प्रस्तुति दिइरहेका उनीमाथि बोतल प्रहार गरिएको थियो ।

    कार्यक्रममा उपस्थितले एक दर्शकले बोतल प्रहार गरेको भिडियो अहिले सामाजिक सञ्जालमा छ्यापछ्याप्ती सार्वजनिक भएको छ ।

    बोतल प्रहार भएपछि उनी प्रस्तुतिलाई बीचमै रोकेर स्टेजदेखि बाहिरिएको भिडियोमा देखिन्छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend