सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

पुराना गाडी चलाउन दिनुपर्ने माग गर्दै ट्याक्सी, ट्रक र ट्यांकर चालकहरुको प्रदर्शन

पुराना गाडी चलाउन दिनुपर्ने माग गर्दै ट्याक्सी, ट्रक र ट्यांकर चालकहरुको प्रदर्शन

काठमाडौं । २० वर्ष पुराना गाडी चल्न नदिने निर्णयविरुद्ध ट्याक्सी, ट्रक र ट्यांकर चालकहरुले आज काठमाडौंमा प्रदर्शन गरेका छन् ।

उनीहरुले कलंकी–बालाजु सडकखण्डको एक लेन ढाकिने गरी प्रदर्शन गर्दा सवारी साधन आवतजावत प्रभावित हुन पुगेको छ ।

राष्ट्रवादी ट्याक्सी तथा चालक व्यवसायी संघको ब्यानर लिएर प्रदर्शनरत उनीहरुले आफूहरुकका लागि पार्किङ स्ट्याण्ड हुनुपर्ने, २० वर्ष पुराना गाडी हटाउने सरकारको निर्णय खारेज गर्नुपर्ने, निजी सवारी साधनले भाडाका सवारी साधनले जस्तो सेवा दिन नपाउनुपर्ने लगायतका माग अघि सारेका छन् ।

सरकारका नीति र निर्णयले आफूँहरुको बाँच्न पाउनुपर्ने अधिकारको प्रतिकूलमा रहेको भन्दै उनीहरुले नाराबाजीसहित विरोध जनाएका छन् ।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend