logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • सुदूरपश्चिम स्पोर्टस् अवार्डकाे वर्ष उत्कृष्ट खेलाडीमा दीपेन्द्र र वर्षा मनाेनित

    सुदूरपश्चिम स्पोर्टस् अवार्डकाे वर्ष उत्कृष्ट खेलाडीमा दीपेन्द्र र वर्षा मनाेनित

    1.5K
    Shares
    सुदूरपश्चिम स्पोर्टस् अवार्डकाे वर्ष उत्कृष्ट खेलाडीमा दीपेन्द्र र वर्षा मनाेनित

    सुदूरपश्चिम । ‘एसपिए सुदूरपश्चिम स्पोर्टस् अवार्ड २०७९’ को उत्कृष्ट वर्ष खेलाडीमा क्रिकेटका दीपेन्द्रसिंह ऐरी र फुटबलकी वर्षा ओली घोषित भएका छन् ।

    नेपाल खेलकुद पत्रकार मञ्च कैलालीद्वारा शुक्रबार धनगढीमा आयोजित ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’मा दुवै जनाले उक्त अवार्ड जितेका हुन् । दीपेन्द्रले एथलेटिक्सका शिवराज पार्की र कबड्डीका प्रकाश गिरीलाई पछि पार्दै उक्त अवार्ड हात पारेका हुन् ।

    गत वर्ष नेपाललाई विश्वकप क्वालिफायरमा पुर्याउन महत्वपूर्ण योगदान दिएका दीपेन्द्र गत वर्ष टी २० अन्तर्राष्ट्रियमा एक हजार रन बनाउने र एक दिवसीयमा करिअरको पहिलो शतक प्रहार गर्ने खेलाडीसमेत बनेका थिए । महिलातर्फ उत्कृष्ट खेलाडी बनेकी वर्षा गत वर्ष नेपाललाई पहिलो पटक यु १५ साफ च्याम्पियनसीपको उपाधि जिताउँदा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी हुन् ।

    दक्षिण एसियाली खेलकुदमा नेपाली टोलीको तर्फबाट ह्याटिकसहित पाँच गोल गर्ने खेलाडी वर्षाले गत वर्ष नेपाली यु १५ टोलीले साफ च्याम्पियनसीपमा बङ्गलादेशविरुद्धको जित हात पार्दा निर्णायक गोल गरेकी थिइन् । यस्तै उनी एफसी छनोटका सबै खेल खेलेर गोल गर्ने नेपाली खेलाडीसमेत हुन् ।

    सुदूरपश्चिम वर्षको अवार्ड युवा खेलाडी क्रिकेटका हेमन्त धामीले जिते । धामीले भारोत्तोलनका हेमन्त पाल र क्रिकेटकी अनु कडायतलाई पछि पारे । हेमन्तले गत वर्ष नेपाललाई यु १९ विश्वकप क्रिकेटमा पु¥याउन उत्कृष्ट प्रदर्शन गरेका थिए ।

    यस्तै वर्ष प्रशिक्षकको अवार्ड क्रिकेटका जगत टमटाले हात पारे । टमटाले गत वर्ष नेपाललाई यु १९ विश्वकप क्रिकेटमा पु¥याएका थिए । उनी आठ वर्षपछि नेपाललाई यु १९ विश्वकपमा कमब्याक गराउने प्रशिक्षक हुन् । उनले नेपाली महिला क्रिकेट टोलीलाई कतारविरुद्धको सिरिज जिताएका पनि थिए । उनले कुस्तीका राजेन्द्र चन्द र भारात्तोलनका जीवन गौतमलाई पछि पारे ।

    सुदूरपश्चिम आइकन पुरुषतर्फ फेन्सिङका जलेन्द्र शाही घोषित भए । शाहीले नवौँ राष्ट्रिय खेलकुदमा सुदूरपश्चिमका लागि स्वर्ण पदक दिलाएका थिए । उनले जियारत सेख (फुटबल) र आनन्द कामी (कराँते) लाई पछि पारेका हुन् ।

    सुदूरपश्चिम आइकन महिला फुटबलकी दीपा रोकाया घोषित भइन् । दीपाको कप्तानीमा नेपालले गत वर्ष पहिलो पटक यु १५ साफ च्याम्पियनसीपको उपाधि जितेको थियो । उनले कविता कुँवर (क्रिकेट) र मनिषा सिंह (कुस्ती) लाई पछि पार्दै उक्त अवार्ड जितेकी हुन् ।

    भबिलबलका प्रशिक्षक सहदेव विष्टलाई ‘लाइफ टाइम एचिभमेन्ट’ प्रदान गरियो । बैतडीमा जन्मिएका विष्ट तत्कालीन समयमा नेपाली राष्ट्रिय भलिबल टिमको तर्फबाट उत्कृष्ट प्रदर्शन गरेका थिए। उनी एशियाली खेलकुदमा सुदूरपश्चिमबाट सहभागिता जनाउने एक्ला खेलाडी हुन् ।

    विष्ट सन् १९८६ मा दक्षिण कोरियाको सोलमा भएको एसियाली खेलकुदका लागि छनोट भएका थिए । नेपाली भलिबल टिमले त्यसयता एशियन गेमको अनुभव लिन नपाएको बताइएको छ ।

    कुस्तीका राजेन्द्र चन्द कराँतेका आनन्द कामीलाई स्पेशल अवार्ड प्रदान गरियो । कुस्तीका चन्दको प्रशिक्षकत्वमा सुदूरपश्चिमले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पाँच स्वर्ण, एक रजत र तीन काँस्य पदक जितेको थियो ।

    कैलालीमा कपाल काट्ने (सैलुन व्यवसाय) समेत गरिरहेका कराँतेका कामीले २०७९मा गण्डकी प्रदेशमा भएको नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत कराँते प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई स्वर्ण पदक दिलाउन सफल भएका थिए ।

    उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई जनही ३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्डका विजेतालाई जनही २५ हजार, सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । मञ्चले बर्सेनि सुदूरपश्चिम स्पोर्टस अवार्डको आयोजना गर्दै आएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend