logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • धनगढीमा छतबाट खसेर एक महिलाको निधन

    धनगढीमा छतबाट खसेर एक महिलाको निधन

    2.2K
    Shares
    धनगढीमा छतबाट खसेर एक महिलाको निधन

    धनगढी । कैलालीको धनगढीस्थित आफ्नै घरको छतबाट खसेर एक महिलाको ज्यान गएको छ ।

    धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३८ वर्षीया दिलसरा सार्कीको शनिबार बिहान साढे तीन बजे छतबाट खसेर घटनास्थलमै ज्यान गएको प्रहरीले जानकारी दिएको हो ।

    जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी प्रहरी निरीक्षक खगेन्द्र साउदले छतमाथि बनाइएको भान्सामा सुतेकी सार्कीको बिहान उठेर तल ओर्लिनेक्रममा छतबाट लडेको भन्ने सूचना प्रहरीलाई प्राप्त भएको थियो । प्रहरी निरीक्षक साउदले घट्नाबारे थप अनुसन्धान भइरहेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend