logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • कोशीमा मुख्यमन्त्रीको नियुक्तिविरुद्ध एमाले र राप्रपा सर्वोच्च जाँदै

    कोशीमा मुख्यमन्त्रीको नियुक्तिविरुद्ध एमाले र राप्रपा सर्वोच्च जाँदै

    2.6K
    Shares
    कोशीमा मुख्यमन्त्रीको नियुक्तिविरुद्ध एमाले र राप्रपा सर्वोच्च जाँदै

    विराटनगर । कोशी प्रदेशको प्रमुख प्रतिपक्षी नेकपा एमाले र राप्रपाले मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति प्रक्रिया संवैधानिक व्यवस्था विपरीत भएकाे भन्दै सर्वोच्च जाने भएका छन् ।

    नेकपा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले आज शुक्रबार नै सर्वोच्चमा जाने बताएका छन् ।

    संविधानको धारा १६८ को २ बमोजिम दलको समर्थनमा मुख्यमन्त्री हुने प्रावधान भए पनि सभामुखलाई प्रयोग गरिएका कारण मुख्यमन्त्री नियुक्ति भएको उक्त प्रक्रिया रोक्न मागसहित अदालत जाने उनले बताए । ‘सभामुखको समर्थनमा सरकार गठन हुँदैन, त्यसकारणले यो गलत छ’, उनले भने, ‘उत्प्रेशणको आदेशबाट बदरगरी पाउ भन्दै सर्वोच्च जादैछौं ।’

    बिहीबार सत्ता गठबन्धन दलले आफ्नो नेतृत्वमा सरकार गठनका लागि प्रदेशसभाका सभामुख बाबुराम गौतमको पनि हस्ताक्षर गराएर बहुमतको सरकारमा दाबी पेश गरेको थियो ।

    ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । सभामुख बाहेक सत्तारुढ गठबन्धनमा ४६ जना मात्रै सांसद रहेका छन् ।

    सभामुखलाई छुट्टै हस्ताक्षर गर्न लगाएर मुख्यमन्त्रीमा दाबी पेश गरेपछि कांग्रेस संसदीय दलका नेता उद्धव थापा मुख्यमन्त्री नियुक्त भएका थिए। उनले आज (शुक्रबार) बिहान पद तथा गोपनियताको सपथग्रहण लिई कार्यभार सम्हालेका छन् ।

    आफूले राजनीतिक निकास दिनका लागि हस्ताक्षर गरेको सभामुख बाबुराम गौतमको भनाई छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend