
माघ १२ काठमाडौं – नयाँ सभामुखको रुपमा अग्नि प्रसाद सापकोटा निर्वाचित भएका छन्। प्रतिनिधी सभाको आजको बैठकले सापकोटालाई निर्विरोध सभामुख निर्वाचित भएको घोषणा गरेको हो।
सापकोटाको विपक्षमा कसैले पनि उम्मेदवारी नदिएको कारण प्रतिनिधिसभाको नियमावली २०७५ को नियम ७ को उपनियम ३ बमोजिम निर्विरोध निर्वाचित भएका हुन् ।
बैठकको शुरूमा सापकोटाका प्रस्तावक सुवासचन्द्र नेम्वाङले प्रस्ताव पेश गरे। नेम्वाङले प्रतिनिधिसभाको सभामुखमा आफूहरुले उपयुक्त पात्र चयन गरेको दावी गरे ।
त्यसपछि समर्थक देव गुरुङ, लक्ष्मणलाल कर्ण र ओनसरी घर्तीले समर्थन गरे।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend