logo

२०८१ बैशाख २६ बुधबार

logo
  • बुधबार, २६ बैशाख २०८१
  • उत्तर कोरियाद्वारा लामो दुरीको क्षेप्यास्त्र परीक्षण

    उत्तर कोरियाद्वारा लामो दुरीको क्षेप्यास्त्र परीक्षण

    1.8K
    Shares
    उत्तर कोरियाद्वारा लामो दुरीको क्षेप्यास्त्र परीक्षण

    एजेन्सी । उत्तर कोरियाले लामो दुरीको ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ । यो परीक्षण प्योङयाङले आफ्नो हवाई क्षेत्रको उल्लङ्घन गर्ने अमेरिकी जासुसी विमानहरूलाई खसाल्ने धम्की दिएको केही दिनमै भएको हो ।

    दुई कोरियाबीचको सम्बन्ध अहिलेसम्मकै सबैभन्दा तल्लो बिन्दुमा छ । दुई पक्षीय कूटनीति अवरुद्ध भएको छ । उत्तर कोरियाली नेता किम जोङ उनले सामरिक एवम् आणविकलगायत हतियार विकासका लागि आह्वान गरेका छन् ।

    नेता किमको आह्वानको जवाफमा सोल र वाशिङ्गटनले सुरक्षा सहयोगलाई बढाएका छन् । यदि प्योङयाङले अमेरिका र उसका सहयोगीहरूविरुद्ध आणविक हतियार प्रयोग गरेमा उत्तर कोरियालाई आणविक हतियारले नै जवाफ दिएर वर्तमान सरकारको अन्त्य गराउने प्रण अमेरिकाले गरेको छ ।

    दक्षिण कोरियाको सेनाले बिहान १० बजे प्योङयाङ क्षेत्रबाट परीक्षण गरिएको लामो दूरीको ब्यालेस्टिक मिसाइल पत्ता लगाएको बताएको छ । ‘ब्यालेस्टिक क्षेप्यास्त्रलाई उचाइमा प्रक्षेपण गरिएको थियो र पूर्वी सागरमा खस्नु अघि एक हजार किलोमिटर उडेको थियो,’ कोरियाका संयुक्त सेना प्रमुखले भनेका छन् ।

    परीक्षणलाई गम्भीर उत्तेजना भन्दै संयुक्त सेना प्रमुखले त्यसबाट कोरियाली प्रायद्वीपको शान्ति र सुरक्षामा हानी हुने भएकाले त्यसलाई अविलम्ब रोक्न प्योङयाङलाई आह्वान गरेको छ । संयुक्त राष्ट्र सङ्घले निषेध गरेका गतिविधि उत्तरले गरेकामा त्यसको उनले निन्दा गरेका छन् ।
    –रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend