
काठमाडौँ । आज पनि बैङ्क तथा वित्तीय संस्थाहरू खुला रहने भएका छन् ।
चालु आर्थिक वर्षको अन्तिम शनिबार भएकाले राजश्वलगायतको विषयलाई ध्यानमा दिँदै शनिबार पनि बैङ्क तथा वित्तीय संस्था खुला नै रहने भएका हुन् ।
अर्थ मन्त्रालय र महालेखा नियन्त्रक कार्यालयले असार २३ र ३० गते शनिबारका दिन पनि सेवा बन्द नगर्न राष्ट्र बैङ्कलाई अनुरोध गरे पछि शनिबार पनि बैङ्क तथा वित्तीय संस्थाहरू खुला भएका हुन् ।
राष्ट्र बैङ्कले आर्थिक वर्षको अन्तिममा राजस्व भुक्तानी, चेक क्लियरिङ तथा विद्युतीय रकम ट्रान्सफरका लागि बढी चाप पर्ने भएकाले शनिबार पनि सेवा उपलब्ध गराउन निर्देशन दिए अनुसार आज बैंक तथा वित्तीय संस्था खुल्ने छन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend