logo

२०८१ बैशाख १६ आइतबार

logo
  • आइतबार, १६ बैशाख २०८१
  • सुदूरपश्चिम प्रदेशसभा बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित, बजेटमा सहमति जुटाउन छलफल जारी

    सुदूरपश्चिम प्रदेशसभा बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित, बजेटमा सहमति जुटाउन छलफल जारी

    923
    Shares
    सुदूरपश्चिम प्रदेशसभा बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित, बजेटमा सहमति जुटाउन छलफल जारी

    काठमाडौं । सुदूरपश्चिम प्रदेशसभाको बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको छ ।

    प्रदेशसभाका प्रवक्ता नरेन्द्रबहादुर पालले आज बिहान ८ बजेका लागि बोलाइएको बैठक सत्तारुढ दलहरूबीच बजेटका विषयमा समझदारी जुट्न नसक्दा बैठक स्थगित गरी दिउँसो ३ बजेका लागि सारिएको जानकारी दिए ।

    प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष का लागि ल्याएको बजेटप्रति सरकारमा सहभागी दलहरुले नै असन्तुष्टि जनाउँदै आएका छन् ।

    कांग्रेस बाहेकका सत्ता साझेदार माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीले संशोधन नगरेरै बजेट पारित हुन नदिने अडानमा कायम देखिन्छन् ।

    असन्तुष्ट सत्तारुढ दलसँग फेरि छलफल गरेर सहमति जुटाउने प्रयास भइरहेको बताइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend