सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

जहाजभित्रै यौन उत्पीडन गरेको आरोपमा भारतमा प्रोफेसर पक्राउ

जहाजभित्रै यौन उत्पीडन गरेको आरोपमा भारतमा प्रोफेसर पक्राउ

एजेन्सी। भारतको संघीय राजधानी नयाँ दिल्लीबाट मुम्बईका लागि उडेको एक विमानभित्रै यौन उत्पीडनको घटना सार्वजनिक भएको छ ।

भारतीय सञ्चारमाध्यमहरुले जनाएअनुसार उडानका क्रममा एक महिला यात्रुमाथि छेडखानी गरेको आरोप पटनाका रोहित श्रीवास्तवमाथि लगाइएको छ ।

आरोप लागेका श्रीवास्तव पेशाले प्रोफेसर हुन् । महिला भने २४ वर्षीया डाक्टर रहेको सञ्चारमाध्यमले उल्लेख गरेका छन्। उक्त घटना इन्डिगो एयरलाइन्समा २६ जुलाइका दिन भएको हो ।

महिला यात्रुको उजुरीपछि प्रहरीले ती प्रोफेसरलाई पक्राउ गरेको जनाइएको छ । समाचारअनुसार दुवै यात्रु आसपासको सिटमा थिए । विमान साढे ५ बजे साँझ उडेको थियो ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend