logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • नर्दन आयरल्यान्डबाट एनआरएनए यूके उपाध्यक्षमा निर्विरोध बन्ने को हुन लिलाराम निउरे ?

    नर्दन आयरल्यान्डबाट एनआरएनए यूके उपाध्यक्षमा निर्विरोध बन्ने को हुन लिलाराम निउरे ?

    4.8K
    Shares
    नर्दन आयरल्यान्डबाट एनआरएनए यूके उपाध्यक्षमा निर्विरोध बन्ने को हुन लिलाराम निउरे ?

    लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको राष्ट्रिय समन्वय परिषदमा नर्दन आयरल्यान्डको केन्द्रीय उपाध्यक्षमा लिलाराम निउरे निर्विरोध चयन भएका छन् । एनआरएनएमा लामो समयदेखि सक्रिय निउरे सन् २०२३–२५ कार्यसमितिमा नर्दन आयरल्यान्डबाट केन्द्रीय उपाध्यक्षको जिम्मेवारी पाएका हुन् ।

    नर्दन आयरल्यान्ड राज्य समन्वय परिषदका संस्थापक अध्यक्ष निउरेले अब राष्ट्रिय समन्वय परिषदमा उपाध्यक्षको जिम्मेवारी प्राप्त गरेका छन् । आफूले प्राप्त गरेको जिम्मेवारीलाई पूरा गर्न विगतका अनुभव र नयाँ योजना समेत समावेश गरेर अगाडी बढ्ने उनको दृढ संकल्प छ ।

    एनआरएनए अभियानमा वर्षौंदेखि आबद्ध रहेर सक्रिय रुपमा कार्य गर्दै आईरहेका निउरे लन्डन केन्द्रित एनआरएनए यूकेलाई राज्य परिषदको अवधारणामा लगेर यूकेभरका सबै नेपालीमाझ पुर्‍याउनुपर्छ भनेर दबाब सिर्जना गर्ने अभियानमा अग्रपंक्तिमा थिए ।

    एनआरएनए यूके राज्यस्तरमा बिस्तार हुँदै गर्दा संस्थापक समितिमा अध्यक्षको जिम्मेवारी सम्हालेका उनले त्यसयता संस्थामा अभिभावकको जिम्मेवारी निर्वाह गर्दै आएका छन् । राष्ट्रिय समन्वय परिषद उपाध्यक्षको रुपमा प्राप्त नयाँ जिम्मेवारीमै केन्द्रित रहने भन्दै उनले उपाध्यक्ष पदलाई अझै जिम्मेवारी र अवसरको रुपमा समेत लिएको बताए ।

    ‘हामी सबैको प्रमुख चासो रहेको नागरिकता निरन्तरताको पक्षमा केन्द्रीय स्तरमा लबिङदेखि राज्य समन्वय परिषदहरुलाई थप शसक्त र अधिकारसम्पन्न बनाउने कार्यमा मेरो मुख्य जोड रहन्छ’, आफ्ना प्राथमिकताबारे उनले संक्षेपमा भने, ‘एनआरएनए अभियानमा युवा सहभागिता बढाउने र नयाँ पुस्तामा नेपाली भाषा, कला, संस्कृति हस्तान्तरण गराउने जस्ता सवाललाई पनि मैले महत्वका साथ अघि बढाउनेछु भन्ने सोंच बनाएको छु ।’ संस्थागत विवादलाई कम गर्दै विधानतः संस्थाको मर्मलाई आत्मसाथ गरी सबैलाई एकजुट बनाएर लैजाने उनले प्रतिबद्धता समेत व्यक्त गरे ।

    नर्दन आयरल्यान्डमा बसोबासरत नेपालीहरुको संस्था ‘नेपाली कम्युनिटी नर्दन आयरल्यान्ड’ को अध्यक्षका रुपमा एक कार्यकाल नेतृत्व समेत गरिसकेका उनी हाल नेप्लिज सेफ एशोसिएसन यूकेमा पनि संस्थापक अध्यक्ष छन् । यसका अलावा उनी विभिन्न सामाजिक क्षेत्रमा समेत उत्तिकै सक्रिय रहन्छन् ।

    बाग्लुङको ताराखोला गाउँपालिकामा जन्मिएर कलिलो उमेरमै वैदेशिक रोजगारीमा लागेका निउरे भारत र गल्फ मुलुकहरुमा कयौं वर्ष बिताएपछि सन् २००५ मा बेलायत आएका थिए । हाल उनी नर्दन आयरल्यान्डमा रेष्टुरेन्ट व्यवसाय गर्दै आएका छन् ।

    उनीसंग एनआरएनए र अन्य विभिन्न संघ–संस्थामा काम गरेको लामो अनुभव छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend