logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • सदर चिडियाखानामा सटल बस व्यवस्था गर्ने ललितपुर महानगरका मेयर महर्जनको घोषणा

    सदर चिडियाखानामा सटल बस व्यवस्था गर्ने ललितपुर महानगरका मेयर महर्जनको घोषणा

    1.7K
    Shares
    सदर चिडियाखानामा सटल बस व्यवस्था गर्ने ललितपुर महानगरका मेयर महर्जनको घोषणा

    काठमाडौं । ललितपुर महानगरपालिकाले जावलाखेलस्थित सदर चिडियाखानामा सटल बसको व्यवस्था गर्ने भएको छ ।

    ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई सो चिडियाखानामा दृश्यावलोकन गर्नका लागि सहज होस् भन्ने उद्देश्यका साथ आफूले सटल बसको व्यवस्था छिट्टै गर्ने घोषणा गरेका छन् ।

    विश्व बाघ दिवसको अवसर पारेर शनिवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले १४/१५ सिटको हुने सो बस घुमी रहने र ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरुलाई चिडियाखानाको दृश्य दोहोर्‍याई, तेहेर्‍याई हेर्ने गरी आवश्यक व्यवस्था मिलाउने बताए ।

    त्यसैगरी मेयर महर्जनले सो चिडियाखाना अगाडि चालु आर्थिक वर्ष भित्रै टाईगर गेट बनाउने प्रतिवद्धता समेत व्यक्त गरे । धेरै वर्ष पहिले त्यहाँ रहेको टाईगर गेट भत्काउने काम भएकाले आफूले त्यसलाई पुनः बनाउन लागेको उनको भनाई थियो ।

    मेयर महर्जनले भने, ‘यो विषयबस्तु चाँही कार्यान्वयन नै नगरोस् भन्ने मेरो भनाई रह्यो कि यो जुलाई सूर्यविनायकमा सार्ने भन्ने आज भन्दा ३५/४० वर्ष अघिदेखि कुरा गरिएको थियो । त्यो चाहीँ कार्यान्वयन भएको छैन । नहोस् पनि । यो चाहीँ मैले विशेष अनुरोध गरेँ । हामीले जुलाई ओन गर्न सक्नुपर्दछ भन्ने मेरो भनाई रह्यो । यो भन्दै गर्दाखेरी ललितपुर महानगरपालिकाले यो जुलार्ई ओनरसिप लिने सन्दर्भमा म मेयर भएको पहिलो वर्षको ३/४ महिनामै होला । त्यहाँ बाहिर ठूल्ठूलो स्वरमा कन्सर्टहरु गर्दथ्र्यो । मध्यरात सम्म पनि गर्दथ्यो । अनि, यहाँ बाघहरुलाई सुत्न त महाभारत नै हुन्थ्यो । तसर्थ मैले त्यो रोकिदिए । त्यो बेलादेखि अहिले चाहीँ बाघ–भालु आनन्दले सुत्छन् । यसमा मेरो दुईवटा कमिटमेन्ट छ । एउटा भनेको चाहीँ पहिला जावलाखेल छिर्दाखेरी हाम्रो त्यहाँ भक्तराज राजकर्णिकारको हलुवाई पसलहरु छ । त्यहाँ भन्दा अगाडि दुई वटा गेट थियो । त्यसलाई हामी टाईगर गेट भन्थ्यौं । एकदमै चिटिक्क परेको गेट, त्यसमा माथि दुई वटा टाईगर बसेको । त्यो भत्कियो वा भत्काइयो । त्यसपछि त्यसलाई बनाइएन । यो वर्ष हामी त्यो टाईगर गेट बनाउँदछौं । जसले यो चिडियाघरको रिफलेक्सन गर्छ । अर्को कुरा चाहीँ मैले चाहीँ बोलेपछि गर्नैपर्छ । गर्न पाइएन भने रिस उठ्छ । यहाँ चाहीँ ज्येष्ठ नागरिकहरु चिडियाघरमा आउँदाखेरी अथवा अपांगता भएका व्यक्तिहरु चिडियाघरमा आउँदाखेरी उहाँहरुले दृश्यावलोकन गर्न राम्रोसँग हेर्न सकुन् भन्नका लागि एउटा सटन बसेको चाँही म व्यवस्थापन गर्न गईरहेको छु । त्यो चाहीँ लगभग १४/१५ सिटको त्यो चाहीँ घुमी रहन्छ । उसले बाघको सेक्सनमा पुग्यो, ओर्लेर बाघ हेर्‍यो । अर्को ठाउँमा गयो, अर्को हेर्‍यो । त्यो दोहोर्‍याई, तेहर्‍याई हेर्न पाउने गरी बसको व्यवस्थापन म निकट भविष्यमै गर्न गईरहेको छु ।’

    कार्यक्रममा मेयर महर्जनले सो चिडियाखाना भित्रको पोखरी संरक्षणमा पनि आफूले सक्दो सहयोग गर्ने बताए । कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोषले मेयर महर्जनलाई वातावरण संरक्षणको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएकोमा सम्मान गरेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend