सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

उत्तराखण्ड पहिरोमा बेपत्ता १७ जना अझै फेला परेनन्

उत्तराखण्ड पहिरोमा बेपत्ता १७ जना अझै फेला परेनन्

काठमाडौँ। रुद्रप्रयागको गौरीकुण्डमा पहिरोमा परी बेपत्ता भएका नेपाली नागिरकसहित १७ जनाको खोजीका कार्य जारी राखिएको छ ।

एनडीआरएफ, एसडीआरएफ र अन्य संगठनका जवानहरू खोजीमा लागेका छन्। जिल्ला विपद् व्यवस्थापन अधिकृत नन्दनसिंह राजवारले बिहानैदेखि उक्त क्षेत्रमा हल्का वर्षा भइरहेको बताए । जसकाकारण उद्दार र खोजी कार्यमा समस्या भइरहेको छ ।

रुद्रप्रयागमा खराब मौसमका कारण मुख्यमन्त्री पुष्कर सिंह धामीको गौरीकुण्ड भ्रमण रद्ध भएको छ । दुर्भाग्यवश रुद्रप्रयाग पहिरो जाने जिल्लाहरूमध्ये पहिलो स्थानमा छ। विगत तीन–चार दशकमा जिल्लामा भएका पहिरोमा परी हजारौंको ज्यान गएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend