logo

२०८१ बैशाख २८ शुक्रबार

logo
  • शुक्रबार, २८ बैशाख २०८१
  • दार्चुलामा ६ किलो १ सय ग्राम चरेशसहित दुई जना पक्राउ

    दार्चुलामा ६ किलो १ सय ग्राम चरेशसहित दुई जना पक्राउ

    2.2K
    Shares
    दार्चुलामा ६ किलो १ सय ग्राम चरेशसहित दुई जना पक्राउ

    दार्चुला । दार्चुलामा चरेससहित दुई जना पक्राउ परेका छन्।

    जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले महाकाली नगरपालिका–४ खलङ्गा बस्ने ६६ वर्षका मानसिंह ठगुन्ना र नौगाड गाउँपालिका वडा ४ सिप्टीका ७० वर्षका गौरसिंह ठगुन्नालाई पक्राउ गरिएको जानकारी दिए ।

    दुवै जनालाई हिजो राति शैल्यशिखर नगरपालिकाको कर्कलेबाट पक्राउ गरिएको उनले बताए। प्रहरीले पक्राउ परेका दुवै जनाको साथबाट ६ केजी १ सय ग्राम चरेश बरामद गरेको छ । गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    इलाका प्रहरी कार्यालय गोकुलेश्वर तथा जिल्लाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका दुवैजनालाई थप अनुसन्धान गर्न गोकुलेश्वरबाट दार्चुला ल्याउन लागिएको प्रहरीले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend