logo

२०८१ बैशाख २७ बिहिबार

logo
  • बिहिबार, २७ बैशाख २०८१
  • नेपालमा सामाजिक सुरक्षाको दायराबाट अब कोही पनि बाहिर हुने छैनन्ः प्रधानमन्त्री प्रचण्ड

    नेपालमा सामाजिक सुरक्षाको दायराबाट अब कोही पनि बाहिर हुने छैनन्ः प्रधानमन्त्री प्रचण्ड

    1.7K
    Shares
    नेपालमा सामाजिक सुरक्षाको दायराबाट अब कोही पनि बाहिर हुने छैनन्ः प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा सामाजिक सुरक्षाको दायराबाट कोही पनि बाहिर नहुने बताएका छन् ।

    बुधवार अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना शुभारम्भ समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले अब कोही पनि सामाजिक सुरक्षाको दायराबाट बाहिर नहुने बताएका हुन् ।

    उनले विदेशिक रोजगारीमा रहेका श्रमिकहरु समेत सामाजिक सुरक्षाको दायरामा आएका उल्लेख गरे । उनले अनौपचारिक क्षेत्रका झन्डै ४० देखि ५० लाखसम्मका श्रमिकहरु र मजदुरलाई सामाजिक सुरक्षा कार्यक्रममा क्रमशः सहभागि गराइने बताए ।

    उनले भने, ‘औपचारिक क्षेत्रका निजी संगठित क्षेत्रबाट शुरु हुँदै वैदेशिक रोजगारको क्षेत्रमा समेत सफल कार्यान्वयन भइसकेको सामाजिक सुरक्षा अभियानको योजना आजदेखि अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्ति समेत जोडिन पुगेका छन् । हिजो वैदेशिक रोजगारीमा रहेकाहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने काम आफैँमा एउटा दूरगामी महत्वको ऐतिहासिक पहलकदमी थियो । म यस अवसरमा विदेशमा रहेका संस्था त्यसका पदाधिकारीहरुलाई पनि धन्यवाद दिन चाहन्छु । छोटै समयमा झन्डै ३ लाख श्रमिकहरु यसमा आवद्ध हुनु हामी सबैका लागि खुशी र गौरवको कुरा हो । त्यसैले आजको यो शुभारम्भबाट अब नेपालमा सामाजिक सुरक्षाको दायराबाट कोहीपनि बाहिर हुने छैनन् भन्ने सन्देश अवश्य पनि गएको छ । सरकार अन्तर्गत रहेका करारमा रहेका कर्मचारी लगायत सबैलाई पनि आवद्ध गर्नेतिर मेरो प्रतिवद्धता रहेको जानकारी गराउन चाहन्छु । आजको दिनलाई श्रमिक अधिकार स्थापनाको एउटा महत्वपूर्ण ऐतिहासिक दिनका रुपमा हामी सबैले लिनेछौँ भन्ने मैले विश्वास गरेको छु । यो योजना अन्र्तगत अनौपचारिक क्षेत्रका झन्डै ४० देखि ५० लाखसम्मका श्रमिकहरु र मजदुरलाई सामाजिक सुरक्षा कार्यक्रममा क्रमशः सहभागि बनाइनेछ ।’

    प्रधानमन्त्री दाहालले देशमा समाजवाद निर्माण गर्नका लागि पनि सामाजिक सुरक्षाको योजनालाई विशेष प्राथमिकताका साथ अगाडी बढाइएको बताए ।

    उनले अनौपचारिक क्षेत्रको खासगरी कृषि, निर्माण, यातायात र घरेलु श्रमिकको पक्षमा यस अभियानले गुणात्मक फड्को मार्ने बताए । उनले सामाजिक सुरक्षा कोषको संयन्त्र समाजमा उपेक्षित, उत्पीडित र अन्यायमा परेका श्रमिक लगायतका वर्गको संरक्षणको लागि एउटा महत्वपूर्ण संयन्त्र भएको पनि उल्लेख गरे ।

    उनले भने, ‘सामाजिक सुरक्षा केवल सामान्य अवधारणा मात्र होइन हाम्रो लागि । यसले नागरिकले बिना भेदभाव शिक्षा, स्वास्थ्य, रोजगारी, अवसर, सहुलियत र सम्मान प्राप्त गर्ने वातावरण निर्माण गर्दै समाजवाद निर्माणको महाअभियान पनि हो यो । यस अर्थमा हामी सबै यसलाई गर्वका साथ अगाडी बढाउन प्रतिवद्ध छौँ । त्यसैले संविधानकै मर्मलाई व्यवहारमा रुपान्तरण गर्न सामाजिक सुरक्षा योजनालाई विशेष प्राथमिकताका साथ अभियानका रुपमा अगाडी बढाउन पहल गरिएको हो । सामाजिक सुरक्षा कोषको संयन्त्र समाजमा उपेक्षित, उत्पीडित र अन्यायमा परेका श्रमिक लगायतका वर्गको संरक्षणको लागि एउटा महत्वपूर्ण संयन्त्र हो । श्रमिकको पेशा र श्रमको सम्मान स्थापित गर्ने सामाजिक सुरक्षाको संयन्त्रमा आन्तरिक उत्पादन चक्रलाई नै सक्रिय बनाइ समग्र उत्पादकत्व अभिवृद्धि गराउनसक्ने क्षमता रहेको हुन्छ भने यसले त्यस्तो कोषमा श्रमिकका भरोसाका आधारहरु पनि गहिरोगरी लुकेका हुन्छन् । अनौपचारिक क्षेत्र खासगरी कृषि, निर्माण, यातायात तथा घरेलु श्रमिकले हात, पाखुरा चल्दासम्म श्रम गर्ने र शारिरिक अस्वस्थता भएको खण्डमा आँशु चुहाउँदै रित्तो हात घर फर्किनुपर्ने नियतीमा यो अभियानले गुणात्मक फड्को हान्ने छ । ब्रेक थ्रु गर्नेछ भन्ने मेरो विश्वास छ ।’

    उनले सामाजिक सुरक्षाको कार्यक्रम स्थायी र गुणस्तरीय हुँदै जानुपर्नेमा जोड दिए । प्रधानमन्त्री दाहालले वर्तमान सरकार सुशासन, सामाजिक न्याय र समृद्धि स्थापनका लागि अगाडी बढीरहेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend