logo

२०८१ बैशाख १६ आइतबार

logo
  • आइतबार, १६ बैशाख २०८१
  • मनसुनले रोकिएको ‘हट एयर बलुन’ दुई बेलुनका साथ सेप्टेम्बर १ देखि सुचारु हुने, कति लाग्छ शुल्क ?

    मनसुनले रोकिएको ‘हट एयर बलुन’ दुई बेलुनका साथ सेप्टेम्बर १ देखि सुचारु हुने, कति लाग्छ शुल्क ?

    4.2K
    Shares
    मनसुनले रोकिएको ‘हट एयर बलुन’ दुई बेलुनका साथ सेप्टेम्बर १ देखि सुचारु हुने, कति लाग्छ शुल्क ?

    पोखरा । मनसुनका कारण करिब ३ महिना स्थगित भएको पोखराको हट एयर बलुन आगामी सेप्टेम्बर १ देखि पुनः सुचारु हुने भएको छ ।

    हट एयर बलुन साहसिक पर्यटकीय खेल हो । पछिल्लो समय साहसिक पर्यटनका पारखीहरूको रोजाइमा यो खेल परेको बेलुन नेपालका अध्यक्ष विक्रम बादेले जानकारी दिए ।

    करिब ६ हजार फिट माथीसम्म हट एयर बेलुनमा उड्दा माछापुच्छ्रे, अन्नपूर्ण लगायतका हिमालहरू, पूर्ण आकारको फेवाताल, पुम्दिकोट महादेव, सराङ्कोट मान्द्रेढुङ्गाबाट उड्ने प्याराग्लाइडिङ तथा पोखरा उपत्यका आसपासको सुन्दर दृश्यावलोकन गर्न सकिनेछ ।

    विगतमा एक मात्रै बेलुन उडाइरहेको यस कम्पनीले अब भने २ वटा बेलुन उडाउनेछ । अमेरिकनीर भियतनामी गरि दुई जना पाइलटले बेलुन उडाउनेछन् ।

    पोखराको पामेबाट हट एयर बलुन उडान हुने बादेले जानकारी दिए । उनका अनुसार बिहान र बेलुका गरि दुई सिफ्टमा बलुन उडाइनेछ । बिहान ५ बजेदेखि ९ बजेसम्म र बेलुका ३ बजेदेखि ६ बजेसम्म उडान हुने बादेले जानकारी दिए । कम्पनीका अनुसार तीन वर्ष उमेर कटेका नागरिकले हट एयर बलुनमा उड्न सक्नेछन् ।

    कति लाग्छ शुल्क ?
    हट एयर बलुनमा उड्नका लागि नेपाली पर्यटकलाई ९ हजार ५ सय रुपैयाँ शुल्क लाग्नेछ । यस्तै सार्क मुलुकका पर्यटकका लागि १०० डलर र अन्य मुलुककालाई १३० डलर शुल्क कायम छ । उक्त शुल्क तिरेपछी उडान सगै ब्रेकफास्ट, लेकसाइड देखि पामे सम्म्को दुइतर्फि यातायात सुबिधा र प्रमाणपत्र समेत पाइन्छ । नेपाली पर्यटकले रिजर्भ गरि प्राइभेट उडान गर्न चाहे आधा घन्टाको ५५ हजार र एक घन्टाको ८० हजार रुपैयाँ तोकिएको छ ।

    के ख्याल गर्ने ?
    हट एयर बलुनमा उड्ने सोच बनाएर जाँदा बिहानपख केही चिसो हुने हुनाले न्यानो कपडा साथमै लिएर जाँदा राम्रो हुन्छ । यसबाहेक हिल जुत्ता वा अन्य जुत्ता भन्दा स्प्रोर्ट्स जुत्ता लगाउँदा उडानका क्रममा सहज हुनेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend