logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • सुदूरपश्चिमको कलासँस्कृति र देउडा नेपालभर प्रसिद्ध छ: अध्यक्ष ओली

    सुदूरपश्चिमको कलासँस्कृति र देउडा नेपालभर प्रसिद्ध छ: अध्यक्ष ओली

    1.9K
    Shares
    सुदूरपश्चिमको कलासँस्कृति र देउडा नेपालभर प्रसिद्ध छ: अध्यक्ष ओली

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिमको कलासँस्कृति र देउडा सुदूरपश्चिममा मात्र नभई नेपालभर प्रसिद्ध रहेको बताएका छन् ।

    आज (सोमबार) काठमाडौँको प्रज्ञा भवनमा आयोजित स्रष्टा अभिनन्दन तथा देउडा सांस्कृतिक साँझ २०८० को उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

    ‘सुदूरपश्चिमको संस्कृति र देउडा आज सुदूरपश्चिममा मात्रै होइन नेपालभर प्रसिद्ध छ, जहाँजहाँ पुगेको छ त्यहाँ लोकप्रिय छ तर चिन्न जान्नुपर्छ ।’ पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले भने । उनले स्रष्टाहरुले संस्कृतिलाई उजागर गरेकोमा बधाई दिँदै सुदूरबाट नयाँ कलाकारहरु जाग्दै गरेको उल्लेख गरे ।

    पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुुर चन्द, पूर्व मन्त्रीहरु भीम रावल, लेखराज भट्ट, परराष्ट्रमन्त्री एनपी साउदलगायतको उपस्थिति रहेको उक्त कार्यक्रममा विभिन्न स्रष्टाहरुलाई सम्मान गरिएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend