logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • नेम्वाङको निधनले देशले ठुलो क्षति व्यहोरेको छ : बाबुराम भट्टराई

    नेम्वाङको निधनले देशले ठुलो क्षति व्यहोरेको छ : बाबुराम भट्टराई

    2.6K
    Shares
    नेम्वाङको निधनले देशले ठुलो क्षति व्यहोरेको छ : बाबुराम भट्टराई

    काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईले एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनले स्तब्ध र मर्माहत भएको बताएका छन्। भट्टराईले ट्विटमार्फत संविधानसभा अध्यक्ष नेम्वाङको निधनले देशले ठुलो क्षति व्यहोरेको बताएका हुन् ।

    उनले भने,‘आँखामा राखेपनि नबिझाउने, मृदुभाषी, असल मान्छे नेम्वाङको निधनमा देशले ठुलो क्षति व्यहोरेको छ । मैले आत्मीय मित्र गुमाएको छु।’ उनले नेम्वाङको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजन र पार्टी पंक्तिमा समवेदना व्यक्त गरेका छन्।

    नेम्वाङकाे गएराति हृदयघातबाट मृत्यु भएकाे थियाे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend