सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

उपचारमा लापरबाही गरेको भन्दै हेटौंडामा २ चिकित्सकमाथि कुटपिट

उपचारमा लापरबाही गरेको भन्दै हेटौंडामा २ चिकित्सकमाथि कुटपिट

काठमाडौं । हेटौंडामा दुई जना चिकित्सकहरु कुटिएका छन् । हेटौंडा उपमहानगरपालिका-१ स्थित सञ्चो हस्पिटलका चिकित्सकमाथि कुटपिट भएको हो ।

बुधबार हस्पिटलका चिकित्सकहरू विकास थापा र प्रशान्त विडारीमाथि एचडीयु वार्डमा कुटपिट भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी सुर्य सेढाइले जानकारी दिए ।

एक महिनाअघि सञ्चो अस्पतालमा डेङ्गु परीक्षण गर्दा पुष्टि भएका हेटौंडा-१२, पदमपोखरीका ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरबाही भएको भन्दै पदमपोखरीको एक समूहले कुटपिट गरेको हो । सोही विषयलाई लिएर आफन्तहरुले डाक्टरमाथि आमक्रण गरेको प्रजिअ सेढाइले बताए ।

अस्पतालका अनुसार डेङ्गु पुष्टि भएका प्रधान आराम गर्ने भनेर घर गएका थिए भने केही दिनमै फेरि अस्पतालमा भर्ना भएका थिए । दोस्रो पटक डेङ्गु देखिएका प्रधानलाई भरतपुरमा उपचारका लागि लगेकोमा एक दिनपछि मृत्यु भएको थियो ।

कुटपिट हुँदा डाक्टर थापाको नाकमा गम्भीर चोट लागेको सञ्चो अस्पतालले जनाएको छ । डाक्टरहरुलाई हस्पिटलभित्र कुटपिट गरेपछि अन्य डाक्टरहरुलाई ओपीडी सेवा पनि बन्द गरेर आन्दोलन गरेका थिए ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend