logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • डाक्टर कुटेको भन्दै हेटौंडा अस्पतालका ७८ स्वास्थ्यकर्मीले दिए सामुहिक राजीनामा

    डाक्टर कुटेको भन्दै हेटौंडा अस्पतालका ७८ स्वास्थ्यकर्मीले दिए सामुहिक राजीनामा

    3.4K
    Shares
    डाक्टर कुटेको भन्दै हेटौंडा अस्पतालका ७८ स्वास्थ्यकर्मीले दिए सामुहिक राजीनामा

    काठमाडौँ । मकवानपुरमा रहेको सरकारी हेटौंडा अस्पतालमा कार्यरत ७८ जना चिकित्सकसहित स्वास्थकर्मीले सामुहिक राजीनामा दिएका छ्न्।

    गत बुधबार हेटौंडा उपमहानगरपलिका वडा नं १ मा रहेको सन्चो अस्पतालमा कार्यरत डाक्टर विकास थापा तथा प्रशान्त विडारीमाथि अस्पताल भित्रै भएको कुटपिटको विरोधमा कारवाहीको मागसहित राजिनामा दिएका हुन्।

    यस्तै उक्त घटना लगत्तै दोषीलाई पक्राउ गर्नुपर्ने माग आएकोमा दोषीलाई कारबाही नभएको भन्दै स्वास्थ्यकर्मीहरुले आज (शुक्रबार) बाट हेटौंडा अस्पतालमा आकस्मिक बाहेकका सबै सेवाहरु बन्द गर्ने भएका छन्।

    नेपाल चिकित्सक संघमा आवद्ध सबै संघसस्थाका प्रतिनिधिले मकवानपुरको प्रमुख जिल्ला अधिकारीलाई सामूहिक पत्रचार गर्दै घटना भएको ४८ घण्टा बितिसक्दा पनि प्रहरीले दोषिलाई कारबाही नगरेको भन्दै आजबाट आकस्मिक बाहेकको सबै सेवा बन्द गर्ने निष्कर्षमा पुगेको जनाएको छ। अस्पतालमा दैनिक रुपमा १५ सय बिरामी स्वास्थ उपचारका लागी आउने गरेका छन्।

    गत महिना डेंगु संक्रमणको कारण मृत्यु भएका हेटौँडा उपमहानगरपालिका १२ नंम्बर वडाका ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरबाही भएको भन्दै उनका आफन्तहरुले गत बुधबार डाक्टर विकास थापा तथा प्रशान्त विडारीमाथि कुटपिट गरेका थिए।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend