मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश शर्माको संसदीय सुनुवाइ आज

सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश शर्माको संसदीय सुनुवाइ आज

काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश विनोद शर्माको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ। संसदीय सुनुवाइ समितिको शुक्रबार बिहान सिंहदरबारमा बसेको बैठकमा प्रस्तावित न्यायाधीश शर्माको संसदीय सुनुवाइ भइरहेको हो।

संसदीय सुनुवाइका लागि उजुरी आह्वान गरेपनि प्रस्तावित न्यायाधीशविरुद्ध कुनै उजुरी नपरेपछि सिधै सुनुवाइ हुन लागेको हो। शर्माको संसदीय सुनुवाइका लागि भदौ १५ गते बसेको संसदीय सुनुवाइ समिति बैठकले १० दिनको उजुरी आह्वान गरेको थियो।

उजुरीमाथि छानबिन गरेर आज प्रस्तावित न्यायाधीश शर्मामाथि संसदीय सुनुवाइ हुन लागेको हो। भदौ १० गते न्यायपरिषद बैठकले उनलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा सिफारिस गर्ने निर्णय गरेको थियो ।

संसदी सुनुवाइ समितिले उनको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ। उच्च अदालत पाटनका न्यायाधीश शर्मा हाल सर्वोच्चमा काजमा थिए।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend