logo

२०८१ बैशाख २६ बुधबार

logo
  • बुधबार, २६ बैशाख २०८१
  • राष्ट्र बैंकले आज ९ अर्ब ६४ करोड बराबरको विकास ऋणपत्र बोलकबोल गर्ने

    राष्ट्र बैंकले आज ९ अर्ब ६४ करोड बराबरको विकास ऋणपत्र बोलकबोल गर्ने

    1K
    Shares
    राष्ट्र बैंकले आज ९ अर्ब ६४ करोड बराबरको विकास ऋणपत्र बोलकबोल गर्ने

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबार ९ अर्ब ६४ करोड रुपैयाँ बराबरको विकास ऋणपत्र बोलकबोल गर्ने भएको छ । असोज ४ गते जारी गर्ने गरी बैंकले छ वर्षे ‘विकास ऋणपत्र २०६८ ‘ठ’ बोलकबोल गर्ने भएको हो ।

    इच्छुक बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले यस ऋणपत्रमा आवेदन दिन सक्नेछन् । आवेदन भने आज दिउँसो ३ बजेभित्र गरिसक्नुपर्ने छ ।

    सूचना अनुसार कूल रकमको ८५ प्रतिशत अर्थात् ८ अर्ब १९ करोड ४ लाख रुपैयाँ आपसी प्रतिस्पर्धात्मक प्रणालीमार्फत बाँडफाँड गरिनेछ भने १५ प्रतिशत अर्थात् १ अर्ब ४४ करोड ६ लाख रुपैयाँ विना प्रतिस्पर्धा वितरण गरिनेछ ।

    आवेदकले घटीमा ५० हजार रुपैयाँदेखि बढीमा कूल निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अङ्कसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ ।

    विकास ऋणपत्रको ब्याज भने अधर्वाषिक अर्थात् ६-६ महिनामा भुक्तान दिने बैंकले जानकारी दिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend