logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • सरकारले अपराधीलाई आममाफी दिएकोप्रति ओलीको चिन्ता

    सरकारले अपराधीलाई आममाफी दिएकोप्रति ओलीको चिन्ता

    2.1K
    Shares
    सरकारले अपराधीलाई आममाफी दिएकोप्रति ओलीको चिन्ता

    काठमाडौं । सरकारले हाले गरेका निर्णयहरुप्रति नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कठोर आलोचना गरेका छन् ।

    अध्यक्ष ओलीले सरकारलाई अपराधको राजनीतिकरण गरिरहेको आरोपित गरेका छन् । शुक्रबार पार्टीको केन्द्रीय अर्थ तथा योजना विभागले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

    पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले अपराधीलाई आममाफी दिने काम गरेर सरकारले राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण गरिरहेको जिकिर समेत गरे ।

    राष्ट्रपति रामचन्द्र पौडेल बुढेसकालमा पद पाएकोमा सरकारप्रति कृतज्ञ भएकाले अपराधीको सजाय मिनाहा गर्ने सरकारको निर्णय स्वीकार गरेको उनको भनाइ छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend