logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • गैर हाजिर रहेका २२ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन

    गैर हाजिर रहेका २२ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन

    2.7K
    Shares
    गैर हाजिर रहेका २२ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन

    काठमाडौँ । नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालय नक्साल काठमाडौँले लामो समयदेखि कार्यालयको सम्पर्कमा नरहेका २२ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ ।

    हेडक्वाटरले आज गैर हाजिर प्रहरीहरुको नामावली सहित एक सार्वजनिक सूचना जारी गरी सात दिन भित्रमा कार्यालयमा हाजिर हुन आउन निर्देशन दिएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “लामो समयदेखि २२ जना प्रहरीहरु आफूखुसी कार्यालयमा गैर हाजिर भएका र खोजतलास गर्दा पनि नभेटिएकाले आज सूचना प्रकासित गरी गैर हाजिर हुनुको कारण खुलाइ स्पष्टीकरण पेश गर्न एक हप्ताको म्याद दिई सम्पर्कमा आउन भनेका छौँ, अन्यथा कानुन अनुसार सेवाबाट हटाइने छ ।”

    प्रहरी प्रधान कार्यालयद्धारा आज प्रकासित सूचना अनुसार गैरहाजिर भएका प्रहरी कर्मचारीहरुमा प्रहरी सहायक हबल्दारहरु अमित श्रेष्ठ, समिर दाहाल, जनम राई र कमल श्रेष्ठ रहेका छन् । प्रहरी जवानहरुमा निवास चौधरी, पूर्णबहादुर वली, हेमन्त कुमाल, प्रेम कुँवर, उमेश लामा, अमर डाँगी, दीपक राई, सुस्मत खड्का, केवोङलिङ आङदेम्बे,जीबहादुर पुन, राजकुमार महत, अनिल परियार, प्रकाश अधिकारी, आशामाया तामाङ, किशोर थारु, मोहनसिंह विक, सुरेन्द्रबहादुर शाही र सन्तोष सुनार रहेका छन् ।रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend