logo

२०८१ बैशाख १९ बुधबार

logo
  • बुधबार, १९ बैशाख २०८१
  • ‘ई’ का माग पूरा गर्ने अधिकार महानगरसँग छैन, नेताहरुले स्पष्ट कानुन किन बनाएनन् ? : मेयर शाह

    ‘ई’ का माग पूरा गर्ने अधिकार महानगरसँग छैन, नेताहरुले स्पष्ट कानुन किन बनाएनन् ? : मेयर शाह

    2.3K
    Shares
    ‘ई’ का माग पूरा गर्ने अधिकार महानगरसँग छैन, नेताहरुले स्पष्ट कानुन किन बनाएनन् ? : मेयर शाह

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले अभियन्ता ‘ई’ ले उठाएका माग पूरा गर्न काठमाण्डौ महानगरसँग कानुनी आधार नभएको बताउनुभएको छ । अभियन्ता ‘ई’ लाई सम्बोधन गर्दै सामाजिक सञ्जालमा स्टासट लेखेर मेयर शाहले अहिलेको कानुनी व्यवस्थाहरुले ‘ई’ का माग पूरा गर्न नसक्ने प्रस्टीकरण दिनुभएको हो ।

    ‘ई’ ले उठाएका मागहरुलाई आफूले नपन्छाउने भन्दै शाहले फुटपाथ वा बाटोमा व्यापार गर्नु गैरकानुनी भएको बताउनुभएको छ । यस्तै समय छुट्याएर व्यापार गर्न दिँदा पनि त्यो समयमा बाटो अवरोध हुने भन्दै उहाँले त्यसो गर्न पनि नसकिने बताउनुभएको छ । फुटपाथ बाहेक सार्वजनिक जग्गामा व्यापार गर्न दिने कुरा अहिलेको कानुनले मेयर मात्र नभई मन्त्रिपरिषद्ले पनि गर्न नसक्ने मेयर शाहको दाबी छ ।

    यस्तै मेयर शाहले ‘ई’ को जायज माग पूरा गर्नुपर्छ भन्दै ऐक्यबद्धता जनाउने नेताहरुलाई पनि सतही कुरा गरेर राजनीति नगर्न आग्रह गर्नुभएको छ । केपी ओली, बाबुराम भट्टराई, गगन थापा, कमल थापा, स्वर्णिम वाग्ले लगायतलाई सम्बोधन गर्दै उहाँले जायज माग पूरा गर्ने सतही कुरा गर्नुभन्दा स्पष्ट कानुन बनाउन आग्रह गर्नुभएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend