logo

२०८१ बैशाख १९ बुधबार

logo
  • बुधबार, १९ बैशाख २०८१
  • नेपाल पुलिस क्लव क्रिकेट टीमका कप्तान दिपेन्द्र सिंह ऐरी विशेष बढुवा

    नेपाल पुलिस क्लव क्रिकेट टीमका कप्तान दिपेन्द्र सिंह ऐरी विशेष बढुवा

    30.9K
    Shares
    नेपाल पुलिस क्लव क्रिकेट टीमका कप्तान दिपेन्द्र सिंह ऐरी विशेष बढुवा

    काठमाडौँ। मित्रराष्ट्र चीनमा सञ्चालन भइरहेको १९औं एशियन गेम्समा टी–२० क्रिकेटतर्फ विश्व रेकर्ड कायम गर्न सफल भएका नेपाल पुलिस क्लव क्रिकेट टीमका कप्तान दिपेन्द्र सिंह ऐरीलाई प्रहरी सहायक हवल्दार पदमा पदोन्नति गरिएको छ ।

    नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले पदोन्नति भएका दिपेन्द्र सिंह ऐरीलाई नेपाल प्रहरीको तर्फबाट अन्तर्राष्ट्रिय खेलमा सहभागी भई उत्कृष्ट खेल प्रदर्शन गरी विश्व कीर्तिमान कायम गर्न समेत सफल भएकोमा बधाई दिँदै सिंगो मुलुक तथा नेपाल प्रहरी संगठनको गरिमा उच्च पार्न निर्वाह गरेको अतुलनीय भूमिका र पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै एक तह बढुवा दिने निर्णय भएको उल्लेख गर्नुभयो ।

    प्रहरी सहायक हवल्दार ऐरीलाई बढुवा गर्ने सम्बन्धमा नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको अध्यक्षतामा बसेको नीति निर्माण समिति (पिसिसि) बैठकको निर्णयमा भनिएको छ, “१९औं एशियन गेम्समा विश्व कीर्तिमान रचि देश र संगठनको प्रतिष्ठा र गौरव अभिवृद्धि गर्ने कार्यमा उल्लेखनीय योगदान पु¥याएको हुँदा नेपाल किक्रेट टिमका सदस्य प्रहरी जवान दिपेन्द्र सिंह ऐरीलाई विशेष बढुवा प्रदान गरी प्रहरी सहायक हवल्दार पदमा बढुवा गर्ने निर्णय गरिएको छ ।”
    दिपेन्द्र सिंह ऐरीले नेपाल प्रहरी संगठन र राष्ट्रको प्रतिनिधित्व गर्दै मित्रराष्ट्र चीनमा सञ्चालन भइरहेको १९औं एशियन गेम्समा टी–२० क्रिकेट प्रतियोगितामा असोज १० गते भएको मंगोलिया विरुद्धको खेलमा आफूले सामना गरेको पहिलो ६ बलमा ६ छक्का प्रहार गर्दै ९ बलमा अर्धशतक पूरा गरी विश्व कीर्तिमान कायम गर्न सफल भएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend