आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

बल्खुमा प्रहरी र दुर्गा प्रसाईको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउँ महाअभियान’का प्रदर्शनकारीबीच झडप

बल्खुमा प्रहरी र दुर्गा प्रसाईको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउँ महाअभियान’का प्रदर्शनकारीबीच झडप

काठमाडौँ । बल्खुमा प्रहरी र दुर्गा प्रसाईको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउँ महाअभियान’का प्रदर्शनकारीबीच झडप भएको छ ।

झडपपछि प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेको छ । प्रसाईलाई प्रदर्शन गर्नका लागि बल्खु तोकिए पनि उनीहरु कालिमाटीतर्फ लाग्न खोजेपछि प्रहरीले उनीहरुलाई रोकेको थियो । प्रहरीले रोकेपछि त्यहाँ झडप सुरु भएको थियो ।

प्रहरीले आन्दोलनकारीमाथि पानीको फोहरा समेत प्रहार गरेको छ । प्रदर्शनकारीलाई प्रहरीले बल्खुमा नै रोकेको छ । कालिमाटीतर्फ अघि बढेको आन्दोलनकारीको गाडीको साँचो पनि प्रहरीले खोसेको छ ।

यता प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरिरहेका छन् । यसअघि सोही स्थानमा प्रसाईं समूह र युवा संघका कार्यकर्ताबिच झडप भएको थियो ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend