
काठमाडौँ । राष्ट्रपति राचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा आज मन्त्रिपरिषद् गठन गरी कार्यविभाजन गरेका छन् ।
नयाँ कार्यविभाजन अनुसार सबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हाललाई आफैले सम्हालेका छन् । सत्ता समीकरण फेरिएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।
आज तीन जना नयाँ मन्त्रीले शपथ लिएसँगै मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो ।
राष्ट्रपति भवनमा आयोजित एक विशेष समारोहमा राष्ट्रपति पौडेलसमक्ष नवनियुक्त मन्त्रीहरु हितबहादुर तामाङ, पदम गिरी र डोलप्रसाद आर्यालले नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिएका छन । नवनियुक्त मन्त्रीहरुलाई कार्यभार पछि तोकिने गरी बिना विभागीय छन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend