logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • डेढ अर्ब लगानीमा होन्डा मोटरसाइकलको नेपालमा एसेम्ब्लिङ प्लान्ट, वार्षिक १ लाख उत्पादन गर्ने

    डेढ अर्ब लगानीमा होन्डा मोटरसाइकलको नेपालमा एसेम्ब्लिङ प्लान्ट, वार्षिक १ लाख उत्पादन गर्ने

    2.2K
    Shares
    डेढ अर्ब लगानीमा होन्डा मोटरसाइकलको नेपालमा एसेम्ब्लिङ प्लान्ट, वार्षिक १ लाख उत्पादन गर्ने

    काठमाडौं । नेपालमा विभिन्न गाडी कम्पनीहरुले एसेम्ब्लिङ प्लान्ट खोलिरहेका छन् । हालसम्म आधादर्जन विदेशी कम्पनीले नेपालमा एसेम्ब्लिङ प्लान्ट स्थापना गरेर नेपालमा उत्पादन थालेका छन् ।

    यस्तै होन्डा मोटरसाइकले पनि नेपालमै एसेम्ब्लिङ सुरु गरेको छ । होन्डा मोटरसाइकलका मुख्य बिजनेस युनिटका भाइस(प्रेसिडेन्ट मिनोरु काटोले बुधबार भैरहवामा होन्डा ‘एसेम्ब्लिङ प्लान्ट’ उद्‍घाटन गरेका छन् ।

    १ अर्ब ५० करोड लगानीमा खुलेको प्लान्टले वार्षिक १ लाख वटा मोटरसाइकल र स्कुटर उत्पादन गर्ने कम्पनीले जनाएको छ । नेपालमा होन्डा विगत ५५ वर्षदेखि बिक्री हुँदै आएको मोटरसाइका हो छ । होन्डा दुई पाङ्ग्रे सवारीमा नेपालकै सर्वाधिक बिक्री हुनेमध्येको ब्राण्ड हो।

    एसेम्ब्लिङ प्लान्ट स्थापना भएसँगै हिमाल मोटो प्रालिमार्फत उत्पादनको बिक्री वितरण, पाटपुर्जाको उपलब्धता र सर्भिसिङ सेवा उपलब्ध हुने भएको नेपालका लागि होन्डाको अधिकृत विक्रेता स्याकार ट्रेडिङले जनाएको छ।

    प्लान्ट उद्घाटन कार्यक्रममा संघीय सांसद छविलाल विश्वकर्मा, लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष पाण्डे, प्रदेशसभा सदस्य भगवती चौधरी, ज्योति ग्रुपका अध्यक्ष पद्म ज्योति, स्याकार ट्रेडिङ कम्पनीका अध्यक्ष सौरभ ज्योति, स्याकार ट्रेडिङ कम्पनीका उपाध्यक्ष सुह्दि ज्योति लगायतको उपस्थिति रहेको थियो ।

    यसैगरी कुमामोटो फ्याक्ट्री भेहिकल एसेम्ब्ली प्लान्टका महाप्रबन्धनक तायुकी नाकानोसे, एएसएच थाइल्यान्डका बिक्री निर्देशक टेट्सुया कोमिनी, उत्पादन निर्देशन योइची सिमादा, जापानका बिक्री विभाग प्रबन्धक मासाहिदे हिरोसी र सहायक प्रबन्धक यासुयुकी यामामोटो, एचएमएसआई भारतका उत्पादन निर्देशक नवीन अवाल, आयात निर्यात बिक्री महाप्रबन्धक प्रदीप चौधरी लगायतको उपस्थिती थियो।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend