logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • पर्सामा छोराको शव गाड्ने आमाबुबा पक्राउ

    पर्सामा छोराको शव गाड्ने आमाबुबा पक्राउ

    2.7K
    Shares
    पर्सामा छोराको शव गाड्ने आमाबुबा पक्राउ

    काठमाडौँ । छोराको हत्या गरेको आशंकामा पर्सा प्रहरीले आमाबुबालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले सिर्सिया नदी छेउ समसानघाटमा गाडिएको अवस्थामा १२ वर्षीय बालक दिलीप मण्डलको शव निकालेर बुबाआमालाई पक्राउ गरेको हो ।

    घटनाको अनुसन्धानका लागि बालकका आमाबुबा वीरगञ्ज महानगरपालिका–१२ मुर्लीका शम्भु महतो धानुक र उनकी श्रीमती सबतादेवीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) कुमारविक्रम थापाले जानकारी दिनुभयो ।

    शव परीक्षणका लागि नारायणी अस्पतालमा पठाइएको छ । बालकको मृत्युबारे कसैलाई जानकारी नगराई अन्त्येष्टिस्थलमा छोरा गाडेको सूचना पाएपछि खटिएको प्रहरीले खाल्डोबाट शव निकालेको डीएसपी थापाले बताउनुभयो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend