logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • भरुवा बन्दुकसहित पक्राउ

    भरुवा बन्दुकसहित पक्राउ

    2.5K
    Shares
    भरुवा बन्दुकसहित पक्राउ

    तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले शुक्लागण्डकीबाट भरुवा बन्दुकसहित आज एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–११ भुसुनापुर बस्ने ५६ वर्षीय कुलबहादुर शाही रहेका छन् ।

    प्रहरीले निजलाई अवैध एक थान भरुवा बन्दुकसहित घरबाटै पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरी टोलीले घरतलासी गर्दा लुकाइछिपाइ राखेको बन्दुकसहित निजलाई पक्राउ गरेको छ ।

    घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend